प्रेस चौतारी नेपाल सुनसरीको आठौं अधिवेशनले विकास चाम्लिङ राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्वाचित गरेको छ ।
बिहीबार इटहरीमा भएको अधिवेशनले उपाध्यक्षमा विकल पौडेल, उपाध्यक्ष महिलामा सीमा बस्नेत, सचिव सुदीपकुमार पोखरेल, सह-सचिवमा लक्ष्मण कटुवाल, समावेशी सहसचिवमा सुमित्रा राई (सन्जु) र कोषाध्यक्षमा रोशन दाहाललाई निर्वाचित गरेको छ ।
कार्यसमिति सदस्यहरूमा जीवत विष्ट, निर्मला पौडेल, मौसमी कार्की, रुद्रराज शर्मा जम्मरकट्टेल, मित्र क्षेत्री, सचिन राई, राजन घिमिरे, आदेश गौतम, रूपक पराजुली, सनम तामाङ र विकी श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले प्रदेश परिसद सदस्यहरुमा शैलेन्द्र चौधरी, भोला श्रेष्ठ, खेतीमा निरौला, शिशिर भट्टराई, बाबुराम खड्का, रोमा रिजाल र यसोदा सेने चयन भएका छन् ।
यस्तै केन्द्रीय परिसद सदस्यहरुमा शशि कोइराला, प्रेम बास्तोला, कृष्ण वहाव, भोजराज श्रेष्ठ, हिमाल दाहाल, केशवप्रसाद भट्टराई र सुभद्रा प्याकुरेल चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सपथ ग्रहण गराएका थिए ।

अधिवेशनको खुल्ला सत्रको उद्घाटन केन्द्रीय अध्यक्ष बस्नेतले गरेका थिए । कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेकपा एमालेका नेता, प्रेस चौतारीका पूर्व अध्यक्ष साथै प्रेसजन्य सङ्गठनका जिल्लाका प्रमुख, नेपाल पत्रकार महासङ्घका नेतृत्वको आतिथ्यता रहेको थियो ।




