Monday, April 13, 2026
spot_img
Homeगृहपृष्ठआन्दोलनकै बीचमा तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै

आन्दोलनकै बीचमा तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै


आर डि क्रीएशन/ २६ डिसेम्बर। सोनाम ल्होछार पर्वमा दिइँदै आएको सार्वजनिक विदा सरकारले गत बर्षदेखि कटौती गरेकोमा गम्भीर असहमति जनाउँदै तामाङ समुदायले आन्दोलनकै बीचमा ल्होछार पर्व मनाउने भएका छन् । नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा पुष १० गते विभिन्न तामाङ संघ, संस्थाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बिदा कटौती गरेको विरोध स्वरुप ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोतेर ‘सरकार, सोनाम ल्होछारको सार्वजनिक बिदा कायम गर !’ भन्ने एक सुत्रीय माग प्रष्ट देखिने गरी राखिने घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले बताए । हामीले सरकारलाई बिदा कायम गर्न धेरै आग्रह ग¥यौ तर सुनुवाई भएन उनले भने, सरकारलाई खबरदारी गर्दै तामाङ जनतालाई सचेत गराउन पनि आन्दोलनको बीचमा यो पर्व मनाउन लागेका हौ ।

सोनाम ल्होछार राष्ट्रिय मूल आयोजक समितिले संसारभरिका सबै तामाङ संघ/संस्थालाई ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोत्न र बिदा पुनस्र्थापनाको आफ्नो माग स्पष्ट राख्न आग्रह गरेको छ ।

बैठकले नेपाल तामाङ घेदुङ संयोजक र राष्ट्रिय घेदुङ सहसंयोजक रहने साथै १०० बढी तामाङ संस्थाहरु सदस्य संस्था रहने गरी मूल आयोजक समिति गठन गरेको छ । समितिले आगामी माघ ११ र १२ गते काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार– २८५६ (जिवा/नाम्युङ ल्हो) तथा तामाङ साँस्कृतिक महोत्सवलाई बिगत बर्षमा झैँ भब्यताका साथ सम्पन्न गर्ने तयारी गरेको छ ।

यसबर्ष ल्होछारको मूल नाराः ‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मूल नारा ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ तय गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

बैठकमा नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुपबहादुर योन्जन, तामाङ कलाकार संघका महासचिव बिश्व दोङ, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जिङ लामा, तामाङ चलचित्र संघका अध्यक्ष बिकु ठोकर, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय घेदुङका कावा महासचिव प्रविण बल, राष्ट्रिय कलाकार संघका अध्यक्ष शुक्र लामा, सञ्चारकर्मी कर्म लामा र मोहन घिसिङ लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

सोही बैठकमा अन्तर्राष्ट्रिय चन्द्र पात्रो निर्धारण समितिका संयोजक खेन्पो गुरु सोनाम ग्युर्मे तामाङले यसबर्षको ल्हो फिर्ने पहिलो दिन वि. सं. २०७६ माघ ११ गते, ई.सं. २०२० जनवरी २५ का दिन परेको आधिकारिक पत्र पनि घेदुङ अध्यक्ष मोहन गोले र राष्ट्रिय घेदुङ अध्यक्ष बीरबहादुर योन्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

खेन्पो ग्युर्मेले उक्त दिनबाट ज्याम्याङ ल्हो २८५६ च्याक फो नाम्युङ लो अर्थात मञ्जुश्री सम्वत् २८५६ फलाम मूसा बर्षको सुरुवात हुने जानकारी गराउँदै यस बर्ष फलाम पुरुष मुसा बर्ष परेको हुँदा परिश्रमी ब्यक्तिको लागि राम्रो हुने अवगत गराउनु भयो ।

समितिको दोस्रो बैठक तामाङ चलचित्र संघको आतिथ्यता र ब्यवस्थापनमा आगामी पुष २२ गते दिउँसो १२ः०० बजे संघको कार्यालय बौद्धमा बस्ने र कार्यक्रमको खाका पास गर्दै कार्य विभाजन समेत गर्ने आयोजकले जनाएको छ ।

साभर: सामाजिक सञ्जाल

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments