इलाम । २०८१ साल वैशाख पाँच गते टन्टलापुर घाम लागेको थियो । इलामको देउमाइ नगरपालिकामा नेकपा एमालेले वृहत् आमसभा सुरु ग-यो । २०८० साल भदौ २६ गते इलाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्बाङको निधन पछि २०८१ वैशाख १५ गतेको उपनिर्वाचनलाई लक्षित गर्दे एमालेको आमसभामा थियो । उक्त आम सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताका रूपमा थिए ।
उप निर्वाचनमा स्व.सुवासका छोरा सुहाङ उम्मेदवार थिए । मङ्गलवारे निकै खचा खच थियो । धेरै जना ओलीको बोली सुन्न आतुर थिए । देब्रे साइडमा सुहाङलाई राखेर मञ्चमा बसेका ओलीले सुहाङको हात समातेर उठाउँदै भनेका थिए सुहाङलाई जिताउने जिम्मा तपाईँहरूको इलामको विकासको जिम्मा मेरो । उनले यति मात्रै भनेन यो कुरा रेकर्ड गरेर राख्नुहोस् यदि रेकर्ड गर्नुभएको छैन भने म सँग माग्नुहोस् मैले रेकर्ड गरेको छु ।
उनको यो बोली पछि मङ्गलवारे चोकमा गडगडाएर ताली बज्यो । त्यसको केही दिन पछि भएको उपनिर्वाचनमा सुहाङनै विजयी बने । ओलीले इलामका जनतालाई विकासको आस देखाउँदै सुहाङ जिताउन भनेको कुरा जनताले पुरा गरे तर ओलीले बोलेको कुरा पुरा त परै जाओस् बजेट समेत छुट्याएनन । उनी इलाम आएर बोल्दै गर्दा पूर्व प्रधानमन्त्री थिए तर अहिले प्रधानमन्त्री छन् । उनी आफूले बोलेको कुरा पूरा गर्न चाहनु भने कुनै समस्या छैन ।

तर कहिले पुरा हुने अत्तो पत्तो छैन । बिचरा सुहाङ बुबाको शोकमा बरबराउँदै उपनिर्वाचनमा होमिएर चुनाव त जिते तर आफ्नो क्षेत्रमा विकासका योजना निकै आवश्यक रहेको हुँदा अहिले सम्म मेलो पाउनै सकेका छैनन् । उनी संसदमा इलामको विकासको चिन्ता गर्दे बरबराउन त बरबराउछन तर सुनुवाई नभएको हो या बजेट दिन नचाहिएको हो ? इलामको पश्चिमी क्षेत्र फाकफोकथुम । फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक ।
यो ठाउँमा कहिले पुग्छ कालोपत्रे ? हुन त गाउँपालिकामानै अहिले सम्म कालोपत्रे छिर्न सकेको छैन पालिकाको केन्द्र सम्म पुग्ने अनुमान निकै कम छ । हुन त योजना नभएका हैनन् । तर उक्त योजना पूरा गर्नका लागि अहिले सम्म पर्याप्त बजेट नहुँदा यहाँका जनताको दैनिकी कष्टकर छ । हिउँदको समयमा त धुलाम्मे सडक सञ्चालन भए पनि बर्खाको समयमा सहज हुने एउटा पनि सडक छैन ।
जसको कारण यहाँका बासिन्दाले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ । पालिका भित्र स्वास्थ्य केन्द्रहरू भए पनि दक्ष चिकित्सक र औषधि पर्याप्त नहुँदा स्वास्थ्य सेवामा समस्या भोगिरहेका छन् । बर्खामा कच्ची सडकबाट औषधि ढुवानीमा समेत समस्या छ भने बिरामीलाई उपचार गराउन झनै कष्ट खेप्नु परेको छ । यो क्षेत्रको मङ्गल’boutमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहाँ आईपुग्नकै लागि समस्या हुने गर्दछ ।
स्वास्थ्य मात्र होइन शिक्षा र यातायातको समस्या पनि यस क्षेत्रका बासिन्दाले सधैँ समस्यामै बिताउने गरेका छन् । हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षेदेखि बिताइरहेका यस क्षेत्रका बासिन्दाको लागि अहिले पनि त्यही समस्या दोहोरिनु कुनै नौलो छैन । गाउँमा ‘चुनावको बेला मात्र विकासका योजना आश्वासन पर्ने र यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर सपना देखाउने उम्मेदवार घर–घर पुग्ने गर्दछन् ।
तर चुनाव पछि विकासको आस अर्को चुनाव नै पर्खनुपर्छ । कालोपत्रे सडक नभएको यो क्षेत्रमा हिउँदभर गाडी चल्छ, बर्खा लागेपछि सधैँ समस्या हुने गर्दछ । भूगोलका हिसाबले समेत जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढा र विकट मानिन्छ यो क्षेत्र । दुःखले हिउँदमा मोटर गुड्ने सो सडकमा बर्खामा ठप्प हुन्छ ।
फाकफोकथुम भएर माङ्सेबुङ्ग गाउँपालिका हुँदै झापा जोड्ने राँके गैँडे सडक निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन् । लामो समय सम्म चर्चामा रहेको उक्त सडक शिलान्यास गरेर पनि निर्माणले गति स्थानीयले समस्या भोगिरहेका हुन । ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा सडक अलपत्र परेको हो ।
राँके गैँडे सडकमा पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ्ग सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गर्ने गरी काम थालिए पनि निर्माणले तीव्रता पाउन सकेको छैन । ६८ करोडमा निर्माण सम्पन्न हुने उक्त सडक दुई प्याकेजमा ठेक्का सम्झौता भई काम सुरु भए पनि सडक निर्माणले तीव्रता पाउन सकेको छैन ।
यो सडक मात्रै कालोपत्रे भइसक्ने हो भने फाकफोकथुम गाउँपालिका ७ मा पर्ने दोकान डाँडा बाट गाउँपालिका केन्द्र जोड्ने समेत नजिक पर्ने थियो । यस क्षेत्रमा मङ्गलवारे, एकतप्पा, आमचोक फुएतप्पा हुँदै पाँचथरको रवि सम्मको सडक र उक्त सडकमा र राँके गैँडे सडक निर्माण प्रक्रिया सुरु भए पनि अहिले सम्म सडक निर्माण तीव्र रूपमा सञ्चालन हुन सकेको छैन ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिका भित्र निर्माण सुरु भएका आयोजनालाई छिटो काम गर्न गाउँपालिकाले पहल गरिरहेको बताए । उनले पालिका भित्र सञ्चालनमा रहेका बहु वर्षे आयोजनालाई छिटो सम्पन्न र गुणस्तरीय कामका लागि निरन्तर लागिरहेको बताउँदै पालिकाका अन्य सडकको स्तर उन्नतिका लागि काम थाले पनि पर्याप्त बजेट नभएको बताए ।

अहिले बजेट कम छ सडकको स्तर उन्नतिका काम धेरै छन् त्यसैले मुख्य सडकका नाली निर्माण गर्ने र उक्त सडक कालोपत्रेका लागि बजेट समेत माग गरिरहेको बताए । गाउँपालिका पुग्ने सडकका खोलामा पुल समेत बनाउने काम भइरहेको भन्दै कालो पत्रे सडकका लागि संघिय सरकार सँग बजेट माग गरिरहेको बताए ।
सदरमुकामबाट जिल्लाको पश्चिमी क्षेत्र पुग्ने नेपालटार–मङ्गलवारे कालोपत्रे सडकको निसाना मेटिने अवस्थामा छ । सडक कालोपत्रे भएपश्चात् मर्मत लामो समयसम्म मर्मत नहुँदा धेरै ठाउँको कालोपत्रे कच्चीमा परिणत भएको छ । नेपालटार देखि मङ्गलवारे सम्मको १२ किलोमिटर कालोपत्रे गरेर छोडेपछि मर्मत नपाएको उक्त सडक अहिले कच्ची बनेको छ । यो सडकको कारण इलाम नगरपालिका र देउमाइ नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सञ्जालमा निकै गाली खेपिरहेका हुन्छन् ।
सडक डिभिजन कार्यालय बाटै ठेक्का लागेर कालोपत्रे भएको उक्त सडक कालो पत्रे पश्चात् कसले हेर्ने भर्ने भन्ने यकिन नहुँदा भएको कालोपत्रे पन उक्किएर कच्चीमा परिणत भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका क्षेत्रमा रहेको यो सडक धेरै जसो ठाउँमा कालो पत्रे नै उक्किएको छ त कता कति कालोपत्रे भएको ठाउँमा पनि खाल्डै खाल्डा रहेको छ । उक्त सडक मर्मतका लागि बजेट नहुँदा कता कति रहेको कालोपत्रे पनि उक्किएर गइसक्ने देखिएको छ ।
नेपालटार मङ्गलवारे सडक कालोपत्रे भएसँगै फाकफोकथुम गाउँपालिका हुँदै रबी सम्म जोड्नका लागि सडक निर्माण थालियो तर देउमाई पारी पुगेर रोकिएको सडक अघि बढ्न सकेको छैन । मङ्गल’boutदेखि एकतप्पा, आमचोक रबी सडकको मङ्गल’boutदेखि देउमाई खोला सम्म कालोपत्रे भइसकेको छ तर नेपालटार मङ्गलवारे सडक कालोपत्रे उक्किएर कच्चीमा परिणत हुन थालेपछि इलामको पश्चिमी क्षेत्रमा कालोपत्रे पुग्ने नपुग्ने अन्योल बनेको छ ।
यता मेची राजमार्गको राजदुवालि खण्डको हालतले पानी परिसक्दा आवत जावत बन्द हुने छ । पानी पर्ने बित्तिकै गत असोजकै नियति दोहोरिने पक्का छ । र, सम्भावित जोखिम टार्न त्यति बेला खोजिएका वैकल्पिक सडक कुनैले पनि काम दिनेवाला छैनन् । ’cause, वैकल्पिक भनिएका सबै सडक कच्ची छन्, साँघुरा छन् । तीमध्येको फराकिलो सडकको बिचमा खोलो पर्छ, त्यसमा पुल छैन । अब बर्खा लाग्न केही महिना मात्र बाँकी छ । यति ठुलो जोखिमले तिन जिल्ला ठप्प बन्ने हुँदा पनि यसको वैकल्पीक सडकको काम अघि बढ्न सकेको छैन ।
उता दमक चिसापानी सडक पनि जनताको पासो बनिरहेको छ । कालोपत्रे गर्ने गरी ठेक्का लागेको सडक ठेकेदारले काम नगरे पछि ठेका त तोडियो तर सडक बन्ला नबन्ला चिन्तामा छन् त्यहाँका जनता । चुनावको बेला जनता झुक्क्याउन मात्रै विकासका योजना फाल्ने र जिते पछि बजेट नफाल्ने नेताको चरित्रले गाउँका जनता सधैँ समस्यामा पिरोलिरहेका छन् ।
(Visited 52 times, 1 visits today)




