22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठएकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु


काठमाडौं : काठमाडौंको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो ।

पुतली तामाङको मृत्यु भएको छ । उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । पुतलीका श्रीमान पदमबहादुर तामाङ फरार छन् । उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको खोजी गरिरहेको छ । रामेछाप घर भएका उनीहरु शंखरापुर नगरपालिका–९ सानागाउँमा डेरा बस्दै आएका थिए । तर आइतबार राति उक्त घटना भएको प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments