Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsकन्याममा मासुको लागि जिउँदै गोरुको फिला काटियो

कन्याममा मासुको लागि जिउँदै गोरुको फिला काटियो

इलाम । पर्यटकीय नगरी सूर्योदय ६ स्थित कन्यामको एक गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।

 

गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । स्थानीय किसान राम राईले पालेको गोरुको फिला काटेर लगिएको पाइएको हो ।

 

सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तङ्ग्रिँदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको र गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।

 

यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लगिएको थियो । यसअघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोस्रो घटना हो ।

 

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, घटनामा संलग्न अहिलेसम्म फेला पर्न सकेको थिएन ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments