Home गृहपृष्ठ कुवेतबाट इल्लिगलहरु नेपाल फर्किने कसरी?

कुवेतबाट इल्लिगलहरु नेपाल फर्किने कसरी?

कुवेतबाट इल्लिगलहरु नेपाल फर्किने कसरी?

इल्लिगलहरु कसरी नेपाल जाने?

RD CREATION/5 JULY, KUWAIT नेपालिहरुको महान पर्व विजय दशामी र दिपावली नजिकी रहेको छ। पर्वहरुसंगै आफन्त र प्रीयजनहरुको प्रतीक्षा पनि नजिकिइरहेको छ। धेरै नेपालीहरु कुवेतमा कोहि केटा/केटिको चक्करमा कोहि बाध्यताले कोहि गलत काम गर्ने उदेश्यले इल्लिगल (अवैधानिक) रुपमा बसोबास गरिरहेको पाइन्छ। पछिल्लो केही समयदेखी कुवेत सरकारले अवैधानिक क्रीयाकलाप कम गर्न कडाइका साथ चेकजाँछ पनि गरेको छ। जसको कारण पक्राउ परिने हो कि भन्ने डरले पनि अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीहरु नेपाल जाने बाटो खोजिरहेका छन। त्यो संगसंगै नेपालीहरुको महान पर्व मनाउन जानको लागि पनि नेपाल जाने बाटोहरु खोजिरहेको पाइन्छ।

अब जो जसरी जे उदेश्यका साथ अवैधानिक बन्न पुगे पनि आफ्नो जन्मभुमी त एकदिन जानू नै छ। तर सहज पनि छैन। मैले नै देखेको केही दलालिहरुले म नेपाल पठाइदिन्छु भनेर जनही २/२५० दिनार सम्म असुलेर सामन्य चिनजानको पुलिसलाइ पक्राउ गर्न लगाएर जेलभित्र पठाएर मोबाइल अफ गरेर बस्ने गरेका पनि छन। त्यसो गर्दा कुवेत सरकारको प्रक्रीया अनुसार महिनौं सम्म जेलमा बिताउनुपर्ने भएको पनि छ। कसै कसै दलालहरुले त्यस्तै २/२५० दिनार असुलेर टिकटको ब्यबस्था सम्म गरेर जेलभित्र पठाएको पनि छ।

ती बाहेक नेपाली दूतावास गएर आफ्नो समस्या बताएर ट्राभल डकुमेन्ट बनाएर दूतावासलाई नै ओपन टिकटको पैसा बुझाएर अलि छिटो र सहज तरिकाले नेपाल जान सकिन्छ। त्यसरी नेपाल जान चहाँदा नेपाली दूतावास गएर ट्राभल डकुमेन्ट बनाउने र ओपन टिकटको पैसा बुझाउने, दूतावासले बोलाएको दिन फिङ्गर प्रीन्टको लागि जाने, फिङ्गरको रिपोर्ट आएपछी दूतावासले बोलाएको समय र मितिमा इमिग्रेसनको लागि पुरा तयारिका साथ जाने। इमिग्रेसन गएपछी फर्केर आउन पाइँदैन त्यसैले आफुले आफ्नो सामान बढिमा ३० किलो लगेर जानुपर्छ। यसरी जाँदा नागरिकता वा पासपोर्ट अथावा सिभिल आइडिको कपि, दुई प्रती पासपोर्ट साइजको फोटो र आफ्नो नाम ठेगाना र कुवेतको चालू मोबाइल नम्बर स्पष्ट बुझ्ने गरि लेखेर लौजानु पर्ने छ।

यो समाचारको उदेश्य जुनसुकै अवस्थामा इल्लिगल बनिसकेकाहरुलाइ सहयोग होस भन्ने मात्र हो। यहाँहरुले नेपाल जान पाई हाल्दो रैछ। म नि भाग्छु भन्ने गलत सोंच कदापी नल्याउन र आफ्ना साथिहरुलाइ पनि यसरी गलत सल्लाह नदिन सबै पाठवृन्दहरुमा अनुरोध छ।