Thursday, January 22, 2026
spot_img
Homeविदेशमाकुवेतमा अलपत्र परेका एक जना नेपाली भेटिए।

कुवेतमा अलपत्र परेका एक जना नेपाली भेटिए।

राम्रो दृष्टि/ ०५ जनवरी, कुवेत। कुवेतमा अलपत्र परेका एक जना नेपाली भेटिएका छन। राजेन्द्र अधिकारि नाम गरेका एक जना नेपाली कुवेतको माबुल्लामा अलपत्र अवस्थामा भेटिएको छ। भरतपुर महानगर पालिका वडा नं २१ पार्वती पुल स्थायी वासिन्दा केही दिन अघि मात्र कुवेत आइपुगेको बताउँछन। आएर क्वारेन्टाइन बसेर सकिएपछी हावा खान भनी बाहिर निस्केको बेला कुवेत पुलिसले समातेर लगेको र झन्डै तीन दिन पछि हिजो साँझ उनलाइ माबुल्लामा छोडिदिएको उनले बताएका छन। कम्पनिको होस्टलबाट “एकै छिन त हो नि” भनेर कुनै कागजात बिना निस्केका राजेन्द्र अधिकारीलाई आफ्नो कम्पनिको नाम समेत थाहा छैन। भए भरको सबै कागजात कम्पनिकै होस्टेलमा रहेकोले कसैले कुन कम्पनी? भनेर सोध्दा नाजवाफ बनेका छन।

आफू आएको मेनपावर र कम्पनिको नाम समेत थाहा नहुँदा भेट्ने नेपालीहरुले चाहेर पनि सहयोग गर्न सकिरहेको छैन। यो समाचार उनलाइ चिन्ने र कुन कम्पनिको भन्ने थाहा हुनेले सहयोग गरु भन्ने उदेश्यले लेखिएको हो। कृपया शेयर गरेर सहयोग गरिदिनुहोला।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments