Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा नेपाली महिला एक बर्षदेखी बेपत्ता, खोजी गरिदिन दूतावास र एन आर...

कुवेतमा नेपाली महिला एक बर्षदेखी बेपत्ता, खोजी गरिदिन दूतावास र एन आर एन ए लाई परिवारको आग्रह

आर डि क्रीएशन/ ४ अगस्त, कुवेत। कुवेतमा एक बर्षदेखी एक जना नेपाली महिला बेपत्त रहेको जानकारी आएको छ। खोटाङ जिल्ला मात्तिम एक कि ध्रुवकुमारी राई झन्डै तीन बर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएको र एक बर्षदेखी सम्पर्कमा न आएको भन्दै पिडित परिवारले खोजी गरिदिनका लागि विभिन्न सञ्चार माध्यमद्वारा नेपाली दूतावास कुवेत, एन आर एन ए कुवेत र खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतलाइ आग्राह गरेका छन। उनी खोटाङ जिल्ला साविकको मात्तिम १ मा जन्म भइ हाल सुनसरी जिल्ला हासपोसा नगरपालिका वडा नं २ निवासी हुन।

कुवेतमा रहँदा दुई बर्षसम्म सम्पर्कमा रहेको तर आफुले काम गर्ने घरका मालिकले राम्रो व्यबहार नगर्ने तथा महिनौंसम्म पारिश्रमिक समेत नदिने गरेको उनका परिवरले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। तर उनि कुवेत को मार्फत आएको र कुवेतको कुन ठाउँमा काम गर्थिन भन्ने अझैसम्म खुलेको छैन।

ध्रुवकुमारी राई एक पात्रा मात्र हुन। यस्ता थुप्रै घटनाहरु हामिले बारम्बार समाचारको रुपमा छाप्दै आइरहेका छौँ। कति समाचारपछी सम्पर्कमा आएका छन भने कति अझै बेपत्त छन। तर सबैमा उठ्ने प्रश्न भनेको आखिरी यति सानो कुवेतमा जान्छन चाहिँ कहाँ र कसरी सम्पर्क विहिन हुन्छन जब कि कुवेतमा सम्पर्कका लागि यति धेरै माध्यम र सुविधाहरु छन? के मालिकले नै हत्या गरेर लुकाउँछन त? कारण के हुन सक्छ? यस्ता निक्कै गम्भीर प्रश्नहरु हुन जो यस्ता समाचारहरु पढेपछि सबैको मनमा खड्किने गर्दछन।

आशा गरौँ पक्कै पनि नेपाली दूतावास कुवेत तथा एन आर एन ए मार्फत वहाँको नागरिक्ताको फोटोकपिको आधरमा धेरै जानकारी पाउनेछौँ र उनी सकुशल रहेको जानकारि पाउनेछौँ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments