23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवेतमा भोलि उज्वेकिस्तान र नेपालबिच बक्सिङ प्रतिस्पर्धा, उपस्थितिको लागि सबैमा अनुरोध

कुवेतमा भोलि उज्वेकिस्तान र नेपालबिच बक्सिङ प्रतिस्पर्धा, उपस्थितिको लागि सबैमा अनुरोध

आर डि क्रीएशन/०४ अगस्त, कुवेत। एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तान संग प्रतिस्पर्धा गर्दै छन ।
नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिकसम्म हुनेछ । 
युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो । उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडीहरुको उपस्थिति रहेको छ ।
कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगा यत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिको लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले आग्रह गरेका छन ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments