काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेजमा अध्ययनरत रेजिडेन्ट विद्यार्थीहरूले डिन अफिसमा ताला लगाएका छन्।
मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल र एसोसिएट प्रोफेसर डा. दीपक कुँवरले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले विरोध स्वरूप कार्यालय बन्द गरेका हुन्।
दुर्व्यवहारकै कारण एक विद्यार्थीले आत्महत्याको प्रयास गरेपछि विवाद चर्किएको हो। विद्यार्थीहरूले विभागीय प्रमुख र एसोसिएट प्रोफेसरलाई कारबाही गर्न माग गर्दै आएका छन्। डिन अफिसले कुनै ठोस निर्णय नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले घटनामा चासो देखाउँदै छानबिन थालेका छन्। विद्यार्थीहरूले अध्ययन वातावरण सुधार्न माग गर्दै विरोध जारी राख्ने चेतावनी दिएका छन्।
प्रकाशित: १८ फाल्गुन २०८१ २२:४० आइतबार




