Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठखोप सम्बन्धित वडा स्तरीय अभिमुखिकरण सम्पन्न

खोप सम्बन्धित वडा स्तरीय अभिमुखिकरण सम्पन्न


बाबुराम मुडियारी, मोरङ ( बखस );  मोरङको ग्रामथान गाउँपालिकाका वडा नं २  स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा  एक दिने एच.पि. भी. खोप सम्बन्धित अभिमुखिकरण सम्पन्न गरेको छ ।

अभिमुखिकरणमा पाठेघरको मुखको क्यान्सर विरुद्धको  एच.पि.भी. खोप  कुन उमेर समूहका छात्रहरू लगाउन मिल्ने, नमिल्नेखोपेका फाइदाहरु, खोपको मात्रा ,खोप लगाउने नहुने अवस्था लगायत सम्बन्धित जानकारी प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटका नर्सीङ अधिकृत अम्बिका भण्डारीले गराएका थिए।  अभिमुखिकरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटका प्रमुख किरण श्रेष्ठले  खोप सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै खोप केन्द्रहरू सरस्वती नमुना माध्यमिक बिद्यालय झोराहाटरवि आधारभूत विद्यालय  झोराहाट माघ २३गते, जनक बोडिङ्ग स्कुल झोराहाटशारदा बोडिङ्ग स्कुल झोराहाट माघ २४ गते, विरेन्द्र मा.वि. झोराहाट  माघ २५ गते , प्राथमिक स्वास्थ्य केन्द्र माघ २६ गते  एच.पि.भी. खोप  संन्चालन गरी खोप  लगाईने जानकारी गराएका थिए।

ग्रामथान गाउँपालिकाका वडा नं २का वडा अध्यक्ष   यादव खतिवडाले वडाका सम्पूर्ण  खोप लगाउन मिल्ने उमेर समूहका छात्राहरू खोप लगाउनुपर्ने, खोप सम्बन्धित प्रचार प्रसार लगायत कार्य का लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरी यस खोप अभियान लाई सबैले  सफल बनाउनु पर्ने  बताएका थिएअन्तरक्रियामा स्वास्थ्य स्वयम् सेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments