Skip to main content

Rd Creation

गैरआवसिय नेपाली संघ NRNA कुवेतद्वारा निर्वाचन समिती गठन गर्दै आचारसंहिता सार्वजनिक

राम्रो दृष्टि/ गैरआवसिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतले आगमि २३ जुलाइको दिन हुन गैरहेको NRNA कुवेतको सातौँ महाधिवेशनका लागि निर्वाचन समिती गठन गरि आचारसंहिता सार्वजनिक गरेको छ। संघले गत बिहिवार साँझ बसेको कार्यसमितिको बैठकले वर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा आनन्द आचार्य र गणेश रावत गरि तीन सदस्यीय निर्वाचन समिती गठन गर्दै आवस्यक परेमा संयोजकले थप दुई जना निर्वाचन अधिकारी समितिमा थप्न सक्ने गरि निर्णय गरेको थियो।सोही अनुरुप संजक सुजन केसिले लोमस बास्तोला र भुपेन्द्र सरु मगरलाइ निर्वाचन अधिकारिको रुपमा चयन गरेको छ।

निर्वाचन अधिकारिको चयन संगै समितिले आज निर्वाचन सम्बन्धी आचारसंहिता सार्वजनिक गरेको छ। संयोजन केसिद्वारा हस्तक्षेरित आचारसंहितामा १३ बुँदाहरु समेटिएका छन। जसमा निर्वाचन अवधिभर निर्वाचन समिती, उम्मेदवारीहरुले गर्न हुने नहुने कार्यहरु उल्लेख गरिएको छ। यसपाली कुवेतको NRNA इतिहासमा सबैभन्दा बढी पञ्जिकृत सदस्य बनेको छ।

कार्यकाल २०१९-२३ मा सुजन केसिको नेतृत्वले चुलाएको NRNA को उचाइ नै यसपालिको धेरै सदस्यताको उपस्तिथितिले प्रमाणित गरेको धेरैले अड्कल गरेको पाइन्छ। तर जनमानसमा आगामी कार्यकाल कस्तो बन्ला र कसरी जाला? के सुजन केसिको नेतृत्वले चुलाएको NRNA को प्रतिष्ठा जोगाइराख्न सक्ला त? भन्ने प्रश्नहरु जस्ताको त्यस्तै देखिन्छन। खैर, आशा राखौँ आगामी कार्यकालले पनि विगतमा जस्तै दुखी त पिडितको सहारा बन्न सक्नेछन र त्यसका लागि कुवेतमा रहेका सबै श्रमिकहरुले साथ दिनुपर्छ।

NRNA ले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको आचारसंहिता यस्तो छ। हेर्नुहोस।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.