Tuesday, January 13, 2026
spot_img
HomeEnglish Newsचेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत

काठमाडाैं ।

विराटनगर र चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो ।

प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरेको छ । त्यस्तै जनही ५१ हजार राशिको बालकिशन-नर्वदादेवी मुन्दडा सनातन मानविय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गरियो । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् ।

त्यस्तै जनही ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र-योगमाया-भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ-मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा)लाई प्रदान गरिएको थियो ।

यसै वर्षदेखि वितरण गर्न थालिएको १ लाख १ हजार राशिको जगतबन्धु–अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार महाकाव्यकार सोमराज अभयलाई प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा.बाबुराम तिम्सिना, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनिगोपाल मुन्दडा, अञ्जु कार्की, सरला चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तिम्सिनासहित पुरस्कारका संस्थापक, कवि दिङ्लाली कान्छो, हरिप्रसाद बराल, मीनकुमार नवोदित, निर्मला कोइरालालगायतले पुरस्कृत व्यक्तिहरुको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरे । प्रतिष्ठानले स्थापनादेखि नै विभिन्न साहित्यिक, सांस्कृतिक र धार्मिक गतिविधि गर्दै आएको छ ।

हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, मकालु टेलिभिजनबाट चेतना प्रवाह, त्रैमासिक रुपमा चेतना सन्देश पत्रिका प्रकाशन गरेर प्रतिष्ठानका गतिविधिलाई व्यापक बनाउँदै लगेको आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । उनले साहित्यबाहेक समसामयिक विषयमा बहस, विचार गोष्ठीसमेत आयोजना गर्ने गरेको बताइन् ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments