25.1 C
Kathmandu
Wednesday, May 29, 2024
spot_img
Homeगृहपृष्ठतत्कालिन नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीका वडा सदस्य ३७ किलो चरेसको साथमा पक्राउ

तत्कालिन नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीका वडा सदस्य ३७ किलो चरेसको साथमा पक्राउ

आर डि क्रीएशन/ ११ नोभेम्बर, कुवेत। रुपन्देहीको बेलवासबाट ठुलो परिमाणमा चरेस बरामद भएको छ ।

३७ किलो चरेस सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षीय टिका राष्कोटी रहेका छन् ।

राष्कोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन । उनी सहित बागलुङका ३४ वर्षीय जनक घर्ती र कपिलवस्तुका ५० वर्षीय नहारि थारूलाई पनि प्रक्राउँ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

यो सामाग्री हिमालपोस्टबाट साभार गरिएको हो।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू