Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठतीन किरातिहरुको संयुक्त उधौली कार्यक्रम सम्पन्न।

तीन किरातिहरुको संयुक्त उधौली कार्यक्रम सम्पन्न।


दिलकुमार पाख्रीन/ १५ डिसेम्बर, कुवेत। कुवेतमा लगभग ३० बर्षदेखी नेपालीहरु कामदारको आउन थालिएको बुझिन्छ। तर पछिल्लो १० बर्षमा नेपाली कामदारहरुको संख्या दोब्बरभन्दा बढी बढेको पाइन्छ। पुर्व मेचिदेखी पश्चिम महाकालिसम्मकै नेपालिहरुले कुवेतलाइ कर्मथलो बनाएको पाइन्छ। नेपालिहरुको संख्या बढे संगै नेपाली संघ संस्थाहरु पनि बढेको छ। नेपाली जिल्लास्तरीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक उदेश्य बोकेर ५ दर्जन बढी संघ संस्थाहरु स्थापित भैसकेका छन। त्यसो त कुवेतबाट नेपालमा आइ पर्ने ठुला साना सबै खाले प्राकृतिक प्रकोप, सामाजिक तथा मानविय कार्यहरुमा पनि ठुलै मद्दत हुने गरेको पाइन्छ।

विगत केहि बर्षयता “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुलमन्त्रलाइ आत्मासाथ गर्दै सक्रिय रुपमा क्रीयाशिल तिन किराँती संस्थाहरु किराय राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेले विगतका बर्षहरुमा जस्तै संयुक्त रुपमा उधौली कार्यक्रम गत शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न गरेका छन। किरात याक्थुङ चुम्लुङ कुवेतकी अध्यक्ष देवि चेम्जोङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित अतिथिगण तथा आ आफ्नै जातिय पोषकमा सजिएर सयौँको संख्यामा उपस्थित भएका उपस्थितिलाइ अशोक लिम्बुले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए। तोकिएकै समयभन्दा केही ढिला गरि सुरु गरिएको कार्यक्रमलाई रोषन राई, मन्जु लावती र टिकाराम दुर्बिच सुनुवारले संयुक्त रुपमा सहजीकरण गरेका थिए।

किरात राई यायोक्खाका तर्फबाट अध्यक्ष मन्जित चाम्लिङ राई, किरात याक्थुङ चुम्लुङको तर्फबाट नरेन्द्र लिम्बू र सुनुवार सेवा समाजबाट लालबहादुर सुनुवारले किरात समुदाय, किराँती इतिहास र उधौलिको बारेमा प्रस्ट्याएका थिए।

कार्यक्रममा तीनओटा नै संस्थाबाट झाँकिहरु प्रस्तुत भएका थिए भने अन्य थुप्रै स्थानीय कलाकारहरुले आकर्षक नृत्य तथा गायन प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो।

नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब अध्यक्ष ईन्द्र पोखरेल,तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवेतका सदस्य केसर घलान, तमु प्ये ल्हु संघ कुवेत शाखा को अध्यक्ष उमा गुरुङ, मगर संघ कुवेतकोउपाध्यक्ष बसन्त थापा मगर,समाजसेबी मधाब शर्मा लगयतले उधौलीको शुभकामना मन्तव्य दिएका थिए ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments