11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठतीन किराती सं...

तीन किराती संस्थाहरुद्वारा संयुक्त रुपमा उभौली सम्पन्न

आर डि क्रीएशन/ १० जुन, कुवेत। कुवेतमा गत शुक्रबार तीन किराँती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्त रुपमा उभौली चाड सम्पन्न भएको छ। कार्यक्रम किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइको सभापतित्व तथा नेपाली दूतावास कुवेतको महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सम्पन्न सो कार्यक्रमको सजहिकरण रोशन राई र टिकाराम दुर्बिच सुनुवारले संयुक्त रुपमा गरेका थिए भने स्वागत मन्तव्य किरात राई यायोक्खा कुवेतकी सहसचिव कविता राइले गरेकी थिइन।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थि, एनआरएनए कुवेतकि अध्यक्ष सुमित्रा पौडेल, कोसेली ग्रुपको अध्यक्ष आनन्द आचार्य, मगरसंघ कुवेतका सल्लाहकार जय आले मगर, तामाङ घेदुङ कुवेतका प्रवक्ता दिल कुमार पाख्रीन, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ, आदिवासी जनाजाती महासङ कुवेतका अध्यक्ष अ्मृत तामाङ, सुनुवार सेवा समाजका अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष देवि लिम्बू, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका विशिष्ट संरक्षक सदस्य अमित चाम्लिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै समग्रमा तीनवटा किरातहरुले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र कार्यक्रमले फुटेर होईन जुटेर अगाडी बढ्ने संदेश दिएको बिचार व्यक्त गरेका थिए ।

सम्पन्न संयुक्तरुपमा मनाएको कार्यक्रममा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रम फार्वानिया स्थित युनिक अडिटरियम हलमा जुन ७ तारिख शुक्रबारको दिन नेपालबाट रोजगारीको लागि कुवेत आएका विभिन्न जिल्लाको किराती समुदायको साथमा कुवेतमा रहेका नेपालीहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्थाका कलाकर सबिन दुमि राइ, रोशन राई, मन्जु लावती, याम बि सावा, दर्सन काले राई, बिबिमर राई, अल्का राई, माया राई,तुलसी सुनुवार र सोभादेभी सुनुवारले आ आफ्नो प्रस्तुतिहरु प्रस्तु गरेका थिए।

For more pictures please click thus link.
https://m.facebook.com/story.php?story_fbid=2439431526343016&id=1778652889087553

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments