8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeविदेशमादिलमाया तामाङ...

दिलमाया तामाङको अपत्यारिली सफलताको कथा

दिलकुमार पाख्रीन/२६ अगस्त, कुवेत। नेपालको दुर्गम जिल्लाहरुको सुचिमा रामेछाप पनि पर्छ। अहिले केही बिकास भए पनि आज भन्दा लगभग दुई दशक अगाडि त्यहाँका जन जीवन अन्य पहाडी दिर्गम जिल्लाहरुको भन्दा कम थिएन।

त्यही दुर्गम जिल्लामा जन्मिएर जीवन नथाकी निरन्तर संघर्ष गरिरहँदा सफलता पाइँदो रहेछ भन्ने उदाहरणका रुपमा पाएका छौँ दिलमाया तामाङलाइ। चामलको भात र मासु खान दशैं पर्खिनुपर्ने, नयाँ कपडा लगाउन दशैं नै पर्खिनुपर्ने त्यो पनि स्कुलको पोशक, सयौं रात आधा पेट र हजारौं रातहरु खाली पेट जीवन संग निरन्तर संघर्ष गर्दै गर्ने क्रममा सन २००१ मा घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी रामेछापकी दिलमाया तामाङ आज नेपालिहरुको एउटा उदाहरणिय पात्रा बनेकी छिन। घरेलु कामदार अर्थात कुवेत मालिकको घरमा जुठो भाँडा गर्ने देखि सुरु गरे पनि निरन्तर संघर्षका साथ कडा मिहेनत गर्‍यो भने सफलता धेरै टाढा छैन भन्ने गतिलो सन्देश उनले दिएकी छिन। घरेलु कामदार देखि सामन्य कामदार हुँदै निजि रेस्टुरेन्ट व्यबसायमा हात हालेकी उनले लामो समयदेखी कुवेतको फाहाहिल्स्थित नेपाली फ्यामिली होटल सञ्चालन गरिरहेकी छिन। उनले रेस्टुरेन्ट ब्यबसाय गरेरै काठमाडौं बौद्धमा निक्कै गतिलो घर बनाएकी छिन। बैंक ब्यालेन्स गरिकी छिन। र हिजो मात्र लगभग ४० हजार दिनारको लगानिमा एउटा अर्को विश्व इन्टरनेस्नल रेस्टुरेन्टको समुद्घाटन समारोह सम्पन्न गरेकी छिन।


उनको सफलताले निरन्तर कडा मिहेनतका साथ संघर्ष गरे आधा पेट खाएर रात गुजार्ने देखि सम्पन्न बन्नु सम्मको अवस्थाको दुरि धेरै टाढा हुँदैन रहेछ भन्ने गतिलो सन्देश दिएको छ। लगभग डेढ दशक देखि उनले एक्लैले रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छिन। उनका श्रीमान नेपालमै छन। उनी संग १० बर्षिय छोरा साथमा छन। उनका छोरा विश्व घिसिङकै नामबाट हिजो २५ अगस्तका दिन नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी र NRNA कुवेतका अध्यन रणध्वोज लामाको हातबाट दिप प्रज्वलन तथा रिवन र केक काटेर “विश्व इन्टरनेस्नल नेपाली रेस्टुरेन्ट” को समुद्घाटन समारोह सम्पन्न भएको छ।

उनको यो निरन्तर संघर्ष, त्याग र कडा परिश्रमले सफलताको शिखर चुम्न असहज छैन भन्ने सन्देश त दिन्छ नै, आफुमा सहास र आत्माविस्वास पनि हुनुपर्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments