Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठदुर्गा प्रसाईसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति RD Creation

दुर्गा प्रसाईसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति RD Creation


काठमाडौँ : जिल्ला अदालत काठमाडौँले तीनकुने घटनाका आरोपी २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments