Friday, January 16, 2026
spot_img
HomeEnglish Newsधादिङमा बस दुर्घटना हुँदा तीनजना घाइते « News of Nepal

धादिङमा बस दुर्घटना हुँदा तीनजना घाइते « News of Nepal

काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका-१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

काठमाण्डौबाट धादिङ जादै गरेको बा ४ ख ५५१५ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रहरी नायव उपरिक्षक हमालका अनुसार धादिङको गल्छी गाउँपालिका-०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका-०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका-०७ का २७ वर्षीय सपना खड्का घाइते भएका छ्न् । बस चालक निलकण्ठ नगरपालिका-०७ पिपलछापका ३० वर्षीय तुल बहादुर थापा प्रहरीको नियन्त्रणमा रहेको छ ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments