23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
HomeEnglish Newsधादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ।

- Advertisement -

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो।

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए।

मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए।

- Advertisement -

प्रकाशित: ७ वैशाख २०८२ २१:३६ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments