Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठनिर्मल स्याङ्तानलाइ चयन गर्दै नेफेसो कुवेत र अनेस कुवेतको ऐतिहासिक एकता घोषणा...

निर्मल स्याङ्तानलाइ चयन गर्दै नेफेसो कुवेत र अनेस कुवेतको ऐतिहासिक एकता घोषणा कार्यक्रम सम्पन्न

दिलकुमार पाख्रीन/२२ जुन, कुवेत। अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत (नयाँ शक्ति) र नेफेसो कुवेत (संघिय समाजवादी फोरम) बिच ऐतिहासिक एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको फर्वानियास्थित अडिटोरियम हलमा एक बृहत कार्यक्रमको आयोजना गरि ऐतिहासिक एकता घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान र नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङको संयुक्त सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका संयोजक नारायण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कोमल अधिकारीले हलमा उपस्थित अतिथिगणलाइ स्वागत गर्दै स्वागत मन्तब्य गरेको थियो भने कार्यक्रमको सहजीकरण जयनारायण थारु, लोक याम्फु खखुरा र आकाश शेर्पाले संयुक्त रुपमा  गरेको थियो । नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी, शिर्जनशील युवा समाजका अध्यक्ष पुस्कार धामी, प्रवासी नेपाली समाजका उपाध्यक्ष युवाराज गैरे, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, किरात यायोक्खाका अध्यक्ष मन्जित राई, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, राजकुमार वान्तवा राई, सुजन केसी, सिंह मान लोप्चन, आईसिसि कोअर्डिनेटर अमित चाम्लिङ्ग राई लगाएतले शुभकामना मन्तव्य दिदैं नेपाली राजनीतिको परिवर्तन संगै गठन भएको समाजवादी पार्टीले नारा जस्तै सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद जस्तै गरि निस्पक्ष राजनीतिको लागि समाज र देशको हितमा रहन र स्वार्थ भन्दा माथि उठेर लाग्न शुभकामना मन्तव्य दिए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइलिले केही हप्ता अघि आफ्नो संस्थाले नेपालका ख्यातिप्राप्त कलाकार निशान भट्टराईको साथमा आयोजना गरेको कार्यक्रममा नेपाली दूतावास कुवेतलाइ प्रमुख आतिथ्यताको लागि निमन्त्रणा पत्र दिए पनि कार्यक्रममा उपस्थिति नरहेको प्रती आक्रोश ब्यक्त गरे। उनले शुभकामना मन्तव्यको क्रममा नेपाली समाज कुवेतका अविभावकको रुपमा लिएको तर दूतावासले अपमान गरेको बताए। उनले आक्रोश पोख्दै भने “नेपाली दूतावासलाइ कार्यक्रम सम्म प्रमुख अतिथिको रुपमा उपस्थित हुन के आयोजक संस्थाले २० केडि खर्च पनि दिनुपर्ने हो र? कि किन उपस्थित हुनुभएन? हामिले नेपाली दूतावास संग सहकार्य गर्दै थुप्रै ठुला साना काम गरेका छौँ। तर पछिल्लो समयमा नव नियुक्त राजदूत आउनुभए पश्चात् दूतावास र नेपाली समाजको किन दुरि बढाउनुहुँदै छ वहाँले?” तर त्यही दुई राजनैतिक दलको ऐतिहासिक एकता घोषणा कार्यक्रममा पनि दूतावासबाट उपस्थिती थिएन। त्यसैले पनि साँच्चै नेपाली दूतावास नेपाली समाजबाट किन पर पर भाग्दैछ? भन्ने जनमानसमा चासो बन्नु स्वभाविक नै थियो।

सम्पन्न सो ऐतिहासिक एकता घोषणा कार्यक्रमले बनाएको कार्यसमिती निम्नप्रकार छन।

सल्लाहकार समिति
१) नारायण प्रसाद पोख्रेल
२) राजेन्द्र तामाङ
३) प्रकाश चाम्लिङ
४) सुनिल श्रेष्ठ
४) परशुराम शाह

कार्यसमिति
१) अध्यक्ष -निर्मल कुमार स्याङतान (तामाङ )
२) वरिष्ठ उपाध्यक्ष- रोलबहादुर विश्वकर्मा
३) उपाध्यक्ष – जयनारायण थारु माझी
४) उपाध्यक्ष – अमृत तामाङ
५) उपाध्यक्ष – प्रवीण कुमार महतो
६) उपाध्यक्ष- …… महिला
७) महासचिव- लोक याम्फु (खखुरा किरात)
८) सचिव – आङकाजी शेर्पा (आकाश)
९) सचीव- ऋषिकेश थनदार
१०) सह सचिव – मानसराम वाहिङ राई
११) प्रवक्ता – राजकुमार वान्तावा राई
१२ ) महिला प्रमुख- ख्रीश्टमाया तामाङ
१३) संगठन विभाग प्रमुख- छिरिङ तामाङ
१३) उप प्रमुख – सन्देश राई
१४) युवा विभाग प्रमुख- उमेश राई
१५) उप प्रमुख – विमल दाहाल
१६) कोषअध्यक्ष- कोमल अधिकारी
१७) सह कोष अध्यक्ष —-
१८) आइटी विभाग प्रमुख – सुसन गौतम

सदस्यहरु……
१) कुमार बलामी मगर
२) दशरथ खालीङ राई
३) मीन चाम्लिङ राई
४) माया राई
५) निसान्त कुमार सरदार
६) राजेन्द्र आले मगर
७) केदार सापकोटा
८) सुमन कुवर
९) अनिता खालिङ राई
१०) नबराज खत्री
११) नुन बहादुर विश्वकर्मा
१२) राम कुमार फौजदारी
१३) सन्देश सुनार
१४) अविनाश तामाङ
१५) राधा चौधरी
१६) शुशिला रजावँशी
१७) पदम बहादुर तामाङ(अन्जान)
१८) राम दयाल राना
१९) दिपक बिष्ट
२०) धर्मेन्द्र कुमार चौधरी
२१) कमल सुनार
२२) धुर्वापति चौधरी
२३) कृष्णा पौडेल

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments