Home गृहपृष्ठ नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ

नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ

0
नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन् । उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन् ।

एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email