आर डि क्रीएशन/ १९ अगस्त, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गत अगष्ट २ मा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमिती र नेपालि दूतावास परिवार बिच आज औपचारिक परिचयत्मक भेटघाट सम्पन्न भएको छ। महामहिम राजदुत दुर्गा प्रशाद भन्डारी,दूतावास परिवार, एनसिसी अध्यक्ष सुजन केसि आइसिसी सदस्य अमित चाम्लिङ राई, एनसिसी संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरुको बीच नेपाली दूतावासको सभा कक्षमा NRNA/NCC कुवेत र नेपाली दूतावास परिवार बीच एक आपसमा औपचारिक भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
एन आर एन ए कुवेतले नेपाली दूतवासको सहकार्यमा गर्न लागेका कार्यहरुलाइ संक्षिप्तमा ५ बुँदामा समेटेका छन। जुन यसप्रकार छन। नेपाली दूतावास र नेपाली समुदायसंग समन्वय गरि पर्यटन बर्ष २०२० मनाउने, परराष्ट तथा श्रम मन्त्रीलाइ उपस्थित गराइ मध्यपुर्व सम्मेलन कुवेतमा आयोजना गर्ने, नेपालका दुर्गम क्षेत्रमा रहेका कुनै विशेष क्षेत्र पहिचान गरिशिक्षामा एक र स्वास्थ्यमा एक प्रोजेक्ट सञ्चालन गर्ने, नेपालिका लागि नेपाली भन्ने मुल मन्त्रलाइ आत्मासाथ गर्दै कुनै पनि नेपालिलाइ समस्या पर्दा दूतावाससंग सहकार्य गर्दै समाधान खोजिने र कुवेतमा रहेका श्रमिकहरुका समस्याको बारेमा दूतावासको सभाकक्षमा नेपाली दूतावास, एन आर एन ए र कुवेतका नेपाली संघ संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समस्याको पहिचान गरि समधान गर्न पहल गर्ने।
कार्यक्रममा महामहिम राजदुत दुर्गा प्रसाद भन्डारिले दुतावासको तर्फ बाट निर्वाचित कार्यसमितिलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। कुवेतमा हुनेगरेका घरेलु कामदारदेखी लागू औषध जस्ता थुप्रै विभिन्न श्रमिकहरुका समस्याहरुको बारेमा दूतावास समक्ष एनसिसी कुवेतले छलफल गरेका छन। सकारात्मक पक्षलाई कद्दर गर्दै भविस्यमा धेरै समस्याहरुको समाधानको बाटो खोज्न एनआरएनएले सहकार्य गर्दै जानुपर्ने एनआरएनए एनसिसी अध्यक्ष सुजन केसिले दूतावास समक्ष राख्नुभएको थियो भने नवौं विश्व सम्मेलन बारे आइसिसी सदस्य अमित चाम्लिङ राइले जानकारि गराएका थिए ।
यसैक्रममा एनआरएनए कुवेतले महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिलाइ सम्बोधन गर्दै नेपाली दूतासलाइ ७ बुँदे सुझाव पत्र पेश गरेका छन। जसमा कुवेतमा घरेलु कामदारका रुपमा रहेर श्रम गरिरहेका नेपाली कामदारहरु श्रम स्वीकृति नपाएर रोजगारी गुमाउने डरले बर्षौँदेखी परिवार संग भेटघाट गर्न आफ्नो जन्मभुमी जान नसकिरहेको र त्यस्ता जो आफुलाइ सुरक्षित महसुस गर्दै पुन: रोजगारिमा फर्किन चाहन्छन ती कामदारहरुलाइ श्रम स्वीकृतिको पहल गर्न देखि रोजगारिका लागि कुवेत आएका कामदारले तोकिएको मात्रामा तलब तथा सेवा सुविधा नपाएका र त्यसमा दूतावासले अहम भुमिका निर्वाह गरि तोकिएकै अनुसार तलव तथा सेवा सुबिधा रोजगारदाताहरुबाट उपलब्ध गराउन ध्यानाकर्षण गराइएका छन। दूतावासलाई हस्तान्तरण गरिएको सुझाव पत्रमा कुवेतमा मृत्यु भएका जस्तोसुकै अवस्थामा रहेका भए पनि नेपाली नागारिक भएको अवस्थामा शव नेपाल पठाउन नेपाल सरकार सङ्ग बिषेश पहल गर्न महामहिम राजदूतलाइ अनुरोध गरेका छन।
नेपाल-कुवेत श्रम सम्झौताको पहल गर्न देखि सिधा हवाइ उडान र नेपाल भ्रमण बर्ष २०२० का लागि कुवेतबाट विभिन्न देशका नागरिकहरु समेट्ने गरि कार्यक्रमको आयोजना गर्नको लागी दूतावासलाई माग गरिएको छ ।
सुझाव पत्रमा महासचिव मानबहादुर पाख्रीन र अध्यक्ष सुजन केसिले हस्ताक्षर गरि महामहिम दुर्गाप्रसाद भन्डारिलाइ हस्तान्तरण गरिएको छ। उक्त सुझाव पत्रको बारेमा बोल्दै महामहिम राजदूत भन्डारिले श्रम सम्झौतालाइ प्रथामिकताका साथ अगाडी बढाइरहेको जानकारी गराउनुभएको छ। वहाँले घरेलु कामदारको बिसयमा पनि नेपालका सम्बन्धित मन्त्रालयहरुमा कुरा उठाइरहेको तर नतिजा अहिले सम्म नआइसकेको बताउनुभयो। नेपाल भ्रमण बर्षको लागि प्रभावकारी कार्यक्रम कसरी बनाउन सकिन्छ र आवस्यक परेको खन्डमा नेपाली समाजमा पनि सहयोगको लागि नेपाली दूतावास आउने भन्दै विगतमा जस्तै नेपाली संघ संस्थाहरुसंग नेपाली दूतावासको सहकार्य रहिरहने बताउनुभयो। नेपाली श्रमिकहरुको समस्याको लागि नै दूतावासको स्थापना भएको बताउँदै कोहि कसैलाइ समस्या परेको खन्डमा तुरुन्त नेपाली दूतावासको हटलाइनमा सम्पर्क गरि दूतावासको सम्पर्कमा आउन समेत वहाँले आग्राह गर्नुभएको छ।