Monday, November 17, 2025
spot_img
Homeगृहपृष्ठनेपालि प्रवासि ट्याक्सी व्यवसायी संघ कुवेतको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: सुनबहादुर...

नेपालि प्रवासि ट्याक्सी व्यवसायी संघ कुवेतको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: सुनबहादुर तामाङ

आर डि क्रीएशन/ २८ डिसेम्बर, कुवेत। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। हिजो शुक्रबार फर्वानियास्थित युनिक अडिटोरियम हलमा संस्थाका अध्यक्ष सुनबहादुर तामाङको सभापतित्व, नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता एवं अल ताल्या ट्याक्सिका चेयरम्यानको विशिस्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघका महासचिव रेशम लामाको “ड्राइभर च्याङ्बा” बोलको गीत समेत विमोचन भएको थियो। विमोचनपश्चात गायक लामाले गीतले पुर्णतः पाउँदा सम्म साथ सहयोग गर्ने सबै र गीतका विभिन्न पाटाहरुसंग जोडिएर काम गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन। गायक लामालाइ उपस्थित विभिन्न ब्यक्तित्वहरुले खदा ओढाएर सम्मान गरेका थिए भने कुवेतबाट सञ्चालित मिडिया आर डि क्रीएशनले प्रशंसा पत्र सहित सम्मान गरेका थिए।

सम्पन्न सो कार्यक्रममा अल ताल्या ट्याक्सिको तर्फबाट मोबाइल र आयोजक संस्थाबाट विभिन्न ५ इलेक्ट्रोनिक आकर्षक उपहारहरु राखेर लक्की ड्र समेत गरेका थिए। अल ताल्या ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत लक्की ड्रमा सामेल हुन सक्ने प्रावधान रहेको ड्रमा सुजन लिम्बुले टेलिभिजन, सुजन घिसिङले माइक्रो ओभन, रेशम लामाले मिक्सर र पुष्कर धामिलाइ आइरन परेको थियो।

हिजो सम्पन्न दोस्रो अधिवेशनले निर्विरोध विभिन्न ५७ जना सदस्य सहितको कार्य समिति निम्नप्रकार छ।
अध्यक्ष – सुन बा तामङ
प्रथम उपा – मनिश के सी
उपाध्यक्ष – युबराज गुरुङ
महासचिब – सुजन घिसिङ
सचिब – बिनय तामङ
सह सचिब – गोपाल गुरुङ
कोषाध्यक्ष -जुजु काजी महर्जन
सह कोषाध्यक्ष – राजु के सी
मिडिया प्रवक्ता – महेन्द्र कुमार राई

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments