Home गृहपृष्ठ नेपाल तामाङ घेदुङ कुवेतको आठौँ वार्षिकोत्सव सम्पन्न: पिडित कान्छी माया तामाङको लागि आर्थिक सहयोग संकलन

नेपाल तामाङ घेदुङ कुवेतको आठौँ वार्षिकोत्सव सम्पन्न: पिडित कान्छी माया तामाङको लागि आर्थिक सहयोग संकलन

0
नेपाल तामाङ घेदुङ कुवेतको आठौँ वार्षिकोत्सव सम्पन्न: पिडित कान्छी माया तामाङको लागि आर्थिक सहयोग संकलन

आर डि क्रीएशन/ ११ नोभेम्बर, कुवेत। गत शुक्रबार कुवेतको फर्वानिया स्थित आइडियल अडिटोरियम हलमा नेपाल तामाङ घेदुङ कुवेतको आठौँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरेश ग्याबाको सभापतित्व तथा नेपालि राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

निर्धारित समयभन्दा केही समय अवेर सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि एवं अतिथिगरणले दियोमा दिप प्रज्वलन संगै केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा केन्द्रिय सदस्य राम लामा, प्रमुख सल्लाहकार अमृत लोप्चन, संरक्षक राजेन्द्र बोम्जन, सल्लाहकार निर्मल स्याङ्तान र प्रमुख अतिथीले मन्तव्य राखेका थिए।

संस्कृति घेदुङका कलाकारहरुको बेजोड मौलिक प्रस्तुतिहरुसंगै सम्पन्न सो कार्यक्रमको औपचारिक भाग महासचिव कृश्न सिंतान र सचिव रेशम लामाले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम संस्कृति घेसुङका अध्यक्ष हिमाल लामाले सञ्चालन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य डोल्मा पाख्रीनले गरेकी थिइन।

 

पिडित कान्छिमाया तामाङको लागि आर्थिक सहयोग

तेमल गाउँपालिका वडा नं-९ कि कान्छिमाया तामाङ (ङेमा डोल्मा) विगत ८ महिना पहिले हेटौंडाको दलालमार्फत घरेलु कामदारको रुपमा कुवेत आइपुगेका थिइन। आफू काम गर्ने घरमा मानसिक यातना र आफू शारीरिक अशक्त भएको कारण उनले घरमा काम गर्न सकिनन। त्यसपछी उनी स्पोन्सरको घरबाट निस्केर नेपाली दूतावासको शरणमा पुगेकी छिन। उनको नेपाल सम्मको यात्राको लागि समाजसेवी तथा अभियान्ता संगिता लोप्चनको पहलमा नेपाल तामाङ घेदुङ कुवेतको गत शुक्रबार सम्पन्न कार्यक्रममा उपस्तिथित दाजुभाइ दिदिबहिनिहरुबाट ८९.५०० दिनार आर्थिक संकलन गरिएको छ। तर नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मासंग यो बिसयमा बुझ्दा पैसा भएर मात्रै उनलाइ नेपाल पठाउन नसकिने बताएका छन। उनिसंग राहदानी नभएकोले यहाँको कानून संगत उनलाइ पठाउन कम्तिमा डेढ महिना लाग्न सक्ने जानकारी गराएका छन। उनको कुवेतको म्यानपाओर एजेन्ट पत्त लागेको खन्डमा अफिसबाट राहदानी लिइ तत्काल टिकटको ब्यब्स्था गरि पठाउन सकिने उनले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। पिडित कान्छी मायाको स्वास्थ्य स्थिती निक्कै कमजोर रहेको समेत सहचारी शर्माले बताएका छन। पिडित कान्छीमाया पाठेघर सम्बन्धी समस्याले बारम्बार बेहोस हुँदै ढल्दै भैरहेकी छन।