25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल पत्रकार महासंघ कुवेत शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ कुवेत शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दिलकुमार पाख्रीन/ २७ जुन, कुवेत। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ कुवेत गठन भएको १२ वर्ष पुरा भएको अवसरमा महासंघ कुवेत शाखाले हिजो २४ जुन २०२२ का दिन रकुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

NishanPhotos Barahakshetra -5 -

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा नेपाली रक्तदाता संघ कुवेत (NBDA KUWAIT) को समन्वय तथा श्री सत्य साइ सेवा सदन कुवेतको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको भएको थियो । रक्तदान कार्यक्रममा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी, गैरआवासीय नेपाली संघ समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, रक्तदाता संघ कुवेतका अध्यक्ष रुपेन हमाल, पत्रकार महासंघ कुवेतका अधिकांश सदस्यहरू सहित रक्तदान गर्न इच्छुक अन्य नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।

‘रक्तदान जिवनदान’ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै हिजोको कार्यक्रममा पनि विभिन्न देशका रक्तदाताहरूले रक्तदान गरेका थिए भने नेपाली समुदायका ३० जना भन्दा बढिले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन उपाध्यक्ष राज मल्लले गरेका थिए ।रक्तदान कार्यक्रममा आवतजावतका लागि यातायातको समेत व्यवस्था गरिएको थियो भने रक्तदाताहरुको लागि जुस पानी, फलफूल तथा खानपिनको व्यवस्था समेत रहेको थियो ।

नेपाली समुदाय कुवेतमा विगत लामो समयदेखि तमु समाज कुवेतले हरेक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ भने नेपाली रक्तदाता संघ कुवेत गठन भए यता समय समयमा रक्तदानका कार्यक्रमहरू गरिरहेको छ ।

कुनै पनि एक स्वस्थ व्यक्तिले चिकित्सकको सल्लाह अनुसार तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ । कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ मिलि. र महिलाको शरीरमा प्रतिकेजी ६६ मिलि. रगत हुन्छ। तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० मिलि. मात्रै हो। यसरी शरीरलाइ चहिने भन्दा बढि मात्रामा रहेको रगत दान गर्दा रगतको आवश्यकता भएका बिरामीहरूलाइ समयमा रगत उपलब्ध गराउन सकिन्छ भने रगतकै कारण कसैको ज्यान जानबाट बचाउन सकिन्छ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू