Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठनेपाल सहित ७ राष्ट्रबाट अझै कुवेत प्रवेश निषेध, जजिरा एयरवेजले सयौँ नेपालिलाइ...

नेपाल सहित ७ राष्ट्रबाट अझै कुवेत प्रवेश निषेध, जजिरा एयरवेजले सयौँ नेपालिलाइ अलपत्र पारे।


दिलकुमार पाख्रीन/३० जुलाइ, कुवेत। कुवेत सरकारले पछिल्लो समय नेपाल सहित २० ओटा राष्ट्रहरुका कामदारहरुलाइ कुवेत फिर्तीमा अनुमती दिएको खबर विभिन्न मिडियाहरुमार्फत छापिए पनि हिजोको कुवेत सरकारको मन्त्रीपरिषदको बैठकले ती २० राष्ट्रहरुमध्येबाट ७ ओटा मुलुकलाइ पुन: कुवेत फिर्तिमा निषेध गरिएको छ। कुवेत सरकारले नेपाल, फिलिपिन्स, इरान, भारत, श्रीलंका, बाङ्लादेश र पाकिस्तान गरि सात ओटा देशहरुलाइ कुवेत फिर्तिमा रोक लगाएको छ।

हिजो अवेर बसेको कुवेत सरकारको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। तर यो अवधी केही समयको लागि मात्र भनिएता पनि कति लामो समयसम्म भन्ने बारे खुलाइएको छैन। कुवेत सरकारको यो निर्णयले कुवेतबाट बिदामा नेपाल गएका र फर्किन चहाने धेरै श्रमिकहरुलाइ प्रत्यक्ष असर परेको छ। त्यसो त कुवेत सरकारले स साना कम्पनिको नाममा भिसा निकालेर बेच्ने कम्पनिहरु सअबै रद्द गरेको छ। जसका कारण स्पोन्सरद्वारा भिसा किनेर आफै काम खोजेर गर्ने कामदारहरुको भिसा पुनः नविकरण नहुने भएको छ। कुवेतमा लगभ ५ हजार को संख्यामा त्यस्ता नेपाली कामदारहरु रहेका छन। कुवेत भित्रै रहेका त्यस्ता कामदारहरुले कम्पनिमा भिसा सार्न मिले पनि नेपाल बिदामा गएकाहरुले भने कुवेत प्रवेश नै पाउने छैन।

यता कुवेतमा अलपत्र परेका नेपालिहरुलाइ जजिरा एयरवेजले आज बिहान ७ बजे र ८ बजे गरि दुई ओटा उडानद्वारा नेपाल फर्काउने भनी तयारी गरेको दुवै उडानहरु रद्द गरेको छ। हिजो राती अवेरसम्म टिकट काटिएको जजिरा एयरवेजको उडान के कारण रद्द भयो भन्ने नखुले पनि उक्त दुई उडानका लागि एयरपोर्ट पुगेका सयौं नेपालिहरु थप अलपत्र परेका छन। जजिराले आफ्नो उडानको प्रतिक्षामा एयरपोर्टमा रातभरी जागराम बसेका नेपाली यात्रुहरुलाइ आज बिहान मात्र उडान रद्द भएको जानकारी दिएर फर्काएका थिए। अधिकांश यात्रुहरु कोठाबाट अन्तिम बिदाइ गरेर निस्केको थिए। त्यसो हुँदा एयरपोर्टबाट फर्किएर कहाँ जाने भन्ने अन्योलमा परेका छन। उनिहरुलाइ काटिएका टिकटको पैसा रिफन्ड हुने जानकारी दिइए पनि कतिबेला सम्ममा रिफन्ड पैसा पाउने भन्ने जानकारी छैन।

कुवेत सरकारले अवैधानिक हैसियतमा बसेका कामदाहरुलाइ प्रदान गरेको आममाफिमा आफ्नो मुलुक नेपालसम्म निशुल्क पुर्‍याउन जजिराले जिम्मा लिएर सो काम सम्पन्न गरेपश्चात पनि जजिराले थप धेरै उडाहरुद्वारा अलपत्र परेका नेपालिहरुको उडान भरेको थियो। पछिल्लो समयमा १८ जुलाइको उडानका लागि काटिएका टिकटहरु समेत हिजो मात्र लगभग १५/१८ दिनपछी रिफन्ड गरेको थियो। त्यसपछि पनि नेपाल सरकारले तोकेकै भाडादर ४१० अमेरिकी डलरमा उडान गर्ने प्रतिबद्धता सहित हिजो सयौंको संख्यामा नेपालिहरुलाइ टिकट कटाएका थिए। राती अवेरसम्म कन्फर्म भएको उडान एक्कासी बिहान रद्द हुनुमा नेपाली दलालहरुसंग कमिशनमा कुरा नमिलेको कारण रद्द भएको हुन सक्ने पिडित यात्रुहरुले आशंका गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments