24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठपरस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला RD Creation

परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला RD Creation


काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठुला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए ।

उनले दलहरूबिचको मतभेदका कारण शान्ति प्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे । आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments