
काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान एक प्रहरी टोलीमाथि आक्रमण हुँदा एक प्रहरीको ज्यान गएको छ र चार जना घाइते भएका छन् ।
घाइते हुनेमा एक प्रहरी अधिकृत पनि छन् । पुलिसका अनुसार बिहान ९ः२० बजे डेरा इस्माइल खान जिल्लामा यो घटना भएको हो । एक प्रहरी निरीक्षक (एसएचओ) केही प्रहरीसँग निजी गाडीमा अदालतमा साक्षी दिन जाँदै थिए । त्यही बेला अज्ञात व्यक्तिहरूले गाडीमाथि गोली चलाएका थिए । गोली लागेर एकजना प्रहरीको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको बताइएको छ ।


घाइतेहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । सुरक्षाकर्मीहरूले क्षेत्रलाई घेराबन्दी गरेर आक्रमणकारीहरूको खोजी सुरू गरेका छन् । डेरा इस्माइल खान क्षेत्रमा पछिल्ला वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरेर यस्ता आक्रमणहरू भइरहने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





