
काठमाडौंँ : अभिनेत्री नीति शाहले विवाह गरेकी छन् ।
उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो ।


नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





