Homeगृहपृष्ठफिदिममा कति पर्‍यो पानी? RD Creation

फिदिममा कति पर्‍यो पानी? RD Creation


पाँचथर ।   विगत २४ घण्टामा फिदिममा १०.८ मिलिमिटर वर्षा परेको छ। मौसमविद्का अनुसार फिदिम बाहेक पाँचथरका अन्य स्थानमा यसभन्दा बढी पानी परेकाे अनुमान गरिएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र परेको पानीको आधारमा वर्षालाई वर्गीकृत गरिएको छ। यदि १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १०–५० मिलिमिटर पर्‍यो भने मध्यम वर्षा, र ५०–१०० मिलिमिटर पर्‍यो भने भारी वर्षा मानिन्छ। त्यस्तै, १००–२०० मिलिमिटर वर्षा भएमा धेरै भारी वर्षा, र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भएको मानिन्छ।

गए राति परेको अविरल वर्षासँगै आएको बाढीले फेमे खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि फिदिम–फालोट सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस सडक खण्डले फिदिम नगरपालिका–१ र ११ नम्बर वडालाई जोड्ने प्रमुख मार्गको रूपमा सेवा दिँदै आएको छ। बाढीका कारण बगाएको डाइभर्सन पुनः निर्माण गर्ने काम हाल प्रारम्भ गरिएको छ।

पूर्वाधार विकास कार्यालय पाँचथरका प्राविधिक टोलीले उपकरण प्रयोग गरी डाइभर्सन राख्ने काम गरिरहेका छन्। कार्यालयले आज दिउँसो १ बजेसम्ममा सडकमा यातायात सुचारु गर्ने तयारी गरिएको जनाएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments