HomeEnglish Newsफुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी

फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी

ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

शनिबार भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) अनुसार निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आज ( आइतबार) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

आदेश उल्लंघन गर्ने वा पालनामा अवरोध गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

निषेधाज्ञा क्षेत्रको सीमा

१. फुङलिङ नगरपालिका बजार क्षेत्र

  • पूर्व: फुङलिङ–७, सल्लेरी
  • पश्चिम: फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)
  • उत्तर: फुङलिङ–४, उकालीपानी
  • दक्षिण: फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र

  • पूर्व: पर्यटक प्रहरी भवनको १०० मिटर इलाका
  • पश्चिम: बल्लुडाँडा/ डडेले इलाका
  • उत्तर: केबलकार बेस स्टेशन / पानीको मुहान इलाकाको १०० मिटर
  • दक्षिण: नयाँ बसपार्क इलाका (१०० मिटर सहित जंगल क्षेत्र)

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा कायम राख्न आग्रह गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०८१ ००:०९ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments