Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठबराहक्षेत्रमा घरटहरा हटाउने सूचनाविरुद्ध उच्च अदालतको अन्तरिम आदेश

बराहक्षेत्रमा घरटहरा हटाउने सूचनाविरुद्ध उच्च अदालतको अन्तरिम आदेश


उच्च अदालत विराटनगरले बराहक्षेत्र नगरपालिकाको घरटहरा हटाउने सम्बन्धी सूचनामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

पीडित रतनलाल चौधरीसमेत १५ जनाको रिट निवेदनमाथि उच्च अदालत विराटनगरले विपक्षी/ प्रत्यर्थी विरुद्ध आदेश जारी गरेको हो । बराहक्षेत्र नगरपालिकासहित नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार र  बराहक्षेत्र-५ का वडाध्यक्ष रोहित काफ्लेका नाउँमा निषेधाज्ञायुक्त परमादेश जारी भएको छ ।

बराहक्षेत्र-५ स्थित खुनटोलदेखि कालाबन्जर हैंटा खोला अगाडिको खाली ठाउँमा बसोबास गर्दै आए‌का निवेदकले सुकुम्बासी समस्या आयोग सुनसरी जिल्लाबाट जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेको र सोही स्थानमा लामो समयदेखि बसोबास गरी घर धुरी कर तिरेको रसिद समेत निवेदन साथ पेश गरेको देखिंदा विपक्षी बराहक्षेत्र नगरपालिकाको कार्यालयबाट घरटहरा हटाउने सम्बन्धी गत माघ ७ गते जारी गरेको १५ दिने सूचना उक्त छलफल मितिसम्मको लागि यथास्थितिमा राखी कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी भएको उल्लेख छ । 

उच्च अदालतले आदेशानुसार निवेदन र आदेशको प्रतिलिपिसमेत पन्ध्र दिने म्याद जारी गरी विपक्षीको नाउँमा पठाएको छ। म्याद प्राप्त गरेको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफै वा कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको छ । म्यादभित्र लिखित जवाफ पेस नगरी म्याद गुजारी बसे कानुनबमोजिम हुने आदेशमा उल्लेख छ । 

बर्सौंदेखि स्थानीयले बसोबास गर्दै आएको र भोगचलन गर्दै आएको उक्त क्षेत्रमा बराहक्षेत्र नगरपालिकाले कुनै दीर्घकालीन योजना र पीडितहरूलाई विकल्पबिनै उठीबास लगाउन खोजेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । 

Haita khola aadesh




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments