25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठभोजपुरका दुवै मृगौला पिडित सुर्यबहादुर तामाङलाइ भोजपुर सेवा समाज कुवेतबाट सहयोग अभियान।

भोजपुरका दुवै मृगौला पिडित सुर्यबहादुर तामाङलाइ भोजपुर सेवा समाज कुवेतबाट सहयोग अभियान।

राम्रो दृष्टि/ १९ सेप्टेम्बर, कुवेत। साविकको हेलौंछा गाविसा वडा नं-८ टाँडे हाल भोजपुर नगरपालिका-१ का ३६ बर्षिय सुर्यबहादुर तामाङ झन्डै दुई बर्षयता दुवै मृगौला पिडित छन। हरेक हप्ताको तीन पटक बनस्थली, काठमाडौंस्थित किड्नि सेन्टरबाट डायलासिस गराउँदै आइरहेका तामाङलाइ उनकी कान्छी बहिनिले किड्नि दिने भए पनि प्रत्यारोपणमा ठूलो रकम लाग्ने हुँदा उनले अहिले सम्म दुई बर्ष बित्दा पनि प्रत्यारोपण गर्न सकेका छैनन। नेपालका विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुले सहयोग गरे पनि उनलाइ आवास्यक रकम अपुग हुँदा धेरै पटक बहिनिसंग क्रस म्याच गराएर पनि प्रत्यारोपण होल्ड गरिरहेका छन।

- Advertisement -

डाक्टरको सल्लाह अनुसार उनले १५ लाख नेपाली रुपैयाँ जम्मा गर्न पर्ने भएता पनि उनिसंग अहिले ७ लाख मात्र भएको र अझै सहयोगको अपिल सहितको समाचार केही दिन पहिले राम्रो दृष्टिमा छापिए पछि उनको सहयोगका लागि भोजपुर सेवा समाज कुवेतले उनको सहयोगार्थ अभियान सञ्चालन गर्ने भएको छ।

भोजपुर सेवा समाज कुवेत लामो समयदेखी कुवेतमा स्थापना भइ भोजपुरमा घटेका विभिन्न प्राक्रीतिक दैवी प्रकोपमा मल्हम पट्टिको रुपमा प्रस्तुत हुँदै आइरहेको छ। त्यति मात्र होइन, विदेशमा अलपत्र परेका श्रमिकहरुलाइ उद्दार, देशमा आपातकालिन अवस्था सिर्जना हुँदा विभिन्न अभियान कर्ता संघ संस्थाहरु संग हातेमालो पनि गर्दै आइरहेको छ। भोजपुरको बैकुन्ठेमा आगोलागी हुँदा होस यार अन्नपूर्ण सुन्तला महोत्सव हुँदा, भोजपुर बजारमा आगोलागी हुँदा होस या पुर्णेबजारमा आगोलागी हुँदा भोजपुर सेवा समाज त्यहाँको लागि राहत सहित मल्हम पट्टि बनिसकेको छ। त्यस्तै अन्य विभिन्न व्यक्तिहरु जो अत्यन्तै पिडामा छन हस्पिटलमा पैसा नभएर छटपटाइरहेका पिडितहरुलाइ धेरै पटक सहयोग गरिसकेको छ।

राम्रो दृष्टि संग कुरा गर्दै भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राइले भोजपुर सेवा समाज सामाजिक कार्यकै लागि स्थापना भएको र धेरै कामहरु गरिसकेकोले सुर्यबहादुर तामाङ बचाउ अभियान पनि हाम्रो जिम्मेवारी भएको बताएका छन। साथै उनले यश अभियानमा जोडिएर सहयोग गर्न पनि सबै कुवेतलाइ कर्मथलो बनाएर बस्नुभएका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ आव्हान गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments