Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठमन्त्री राणा – Online Khabar

मन्त्री राणा – Online Khabar

२६ माघ, कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघले शनिबार कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन गर्दैै उनले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधार गर्न सरकारले गम्भीर रहेको बताइन् ।

उनले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मुलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाको भनाइ थियो ।

दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उनको भनाइ थियो । परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको पनि जानकारी दिएन् ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments