Monday, April 13, 2026
spot_img
Homeगृहपृष्ठमाझिहरुले मनाए लदि पर्व RD Creation

माझिहरुले मनाए लदि पर्व RD Creation


पाँचथर– पाँचथरका माझि अल्पसंख्यक माझि जातीले लदि पर्व मनाएका छन् । तमोर नदिमा पुँजा गरेर यो पर्व मनाएका हुन् । पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकामा पर्ने माझिटारका माझिहरुले हेवा र तमोर मिसिने ठाँउमा पुजा गरे भने गाउँभरीका भेला भएर सास्कृतिक कार्यक्रम तथा खानपान गरेका छन् ।
यो क्षेत्रमा ४२ परिवार माझि जाती रहेका छन् । माझि उत्थान संघ पाँचथरका अध्यक्ष राम बहादुर माझिका अनुसार पाँचथरमा ३ सय परिवार माझि जाती रहेका छन् ।
फाल्गुनको तेश्रो मंगलवार यो पर्व मनाईने गरेको उनले बताए । बगेको पानीको पुजा गर्दै यो पर्व मनाईन्छ । माछा मार्दा, डुङ्गा चलाउदा नराम्रो केही नहोेस भनेर कामना गरेर मनाईन्छ । पुजा गर्दै बोका, कुखुराको बलि पनि दिइएको छ । हेवा खोलालो बर्सेनी दुखः दिएकोले अव त्यस्तो नहोस भनेर कामना गरिएको थियो ।
पुजा पछि सास्कृतिक कार्यक्रम, सामुहिक भोजन समेत भएको थियो ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments