Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठमोरङका खड्गबहादुर बस्नेत दुई महिनादेखी कुवेतमा वेपत्त

मोरङका खड्गबहादुर बस्नेत दुई महिनादेखी कुवेतमा वेपत्त


दिलकुमार पाख्रीन/ २ जुन, कुवेत। मोरङका खड्गबहादुर बस्नेत विगत दुई महिनादेखी कुवेतमा सम्पर्कविहिन भएका छन। मोरङ जिल्ला ग्रामथान ५ घर भइ विगत दुई बर्ष देखि वौदेशिक रोजगारिको सिलसिलामा कुवेतको Sabeco कम्पनीको अन्तरगत sawa रेस्टुरेन्टमा कार्यरत थिए।

कुवेतको जाहारास्थित ब्लक ४ मा बस्दै आइरहेका राहदानी नं १०३८२९७२ वाहक बस्नेत गत अप्रिल ८ बाट एकाएक सम्पर्क बिहिन भएको उनका परिवारले जानकारी गराएका छन। उनका परिवारका अनुसार आज सम्म उनि कुन अवस्थामा र के कारण सम्पर्क विहिन भे भन्ने कुनै अत्तोपत्तो छैन।

उनी संगै कम्पनिमा कार्यरत साथिहरुलाइ समेत केही अत्तोपत्तो नभएकोले परिवार अत्यन्तै चिन्तामा डुबेका छन। यसरी दुई महिनासम्म सम्पर्कमा न आएको र उनको अवस्थाको बारेमा कुनै जानकारी नभएकोले कुवेतस्थित नेपाली दूतावास, एन आर एन ए, विभिन्न संघ संस्था र कुवेतस्थित संञ्चार माध्यमहरुलाइ वहाँको परिवारले खोजि गरिदिन आग्राह गरेका छन। उनका परिवारले कुनै पनि समस्यामा रहेको भए उद्दार गरि नेपाल पठाइदिनको लागि समेत आग्राह गरेका छन।

यदि वहाँको सम्पर्कमा कोहि हुनुहुन्छ भने कृपया युबराज बस्नेतको टेलीफोन नं +9779827393336 मा सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिनुहोला।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments