20.1 C
Kathmandu
Wednesday, May 29, 2024
spot_img
Homeगृहपृष्ठम्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको अध्यक्षमा  मानबहादुर फगामी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको अध्यक्षमा  मानबहादुर फगामी


राम्रो दृष्टि/ २९ मार्च, कुवेत। म्याग्दि प्रवासी नेपाली संघ (मोना)कुवेत को अध्यक्षमा  मान बहादुर फगामी चयन भएका छन । भर्चुअल प्रबिधि मार्फत सम्पन्न राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिबेशन साथै बार्षिक उत्सवले  मान बहादुर फगामीलाई आगामी दुई बर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
जसको महिला उपाध्यक्षमा आशा बस्याल ,बरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,उपाध्यक्ष नन्द बहादुर बरुवाल ,तुल बहादुर पुन,महासचिव- चन्द्र बिस्वकर्मा,सचिव तेजिन श्रेष्ठ,सह-सचिव झलक बिश्वकर्मा,कोषाध्यक्ष कृष्ण प्रशाद खड़का,सह-कोषाध्यक्ष लोकेन्द्र फगामी रहेका छ्न । सदस्यहरुमा अर्जुन शाही, खेम परिवार, निर्मला पुन, बाबुराम गौतम, जस घताने, अर्जुन चोखाल, गम बहादुर राम्जाली प्रेम घर्तिमिरे, बल बहादुर बिश्वकर्मा रहेका छन
मोना कुवेतका निवर्तमान अध्यक्ष श्री प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रमका  प्रमुख अतिथि मोना आइ इ सीका अध्यक्ष श्री ओम नारयण जुग्जाली तथा  विशेष अतिथि मोना मध्य पूर्व क्षेत्रिय उप संयोजक सुवोध बरूवालले भर्चुअल मार्फत शुभकामना मन्तव्य राखेका थिए ।
बरिष्ठ उपाध्यक्ष श्री दिपक छन्त्यालको स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद खड्काबाट संस्थाको पहिलो कार्यकाल २०१९ – २०२१को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने कार्यक्रम संन्चालन सहसचिब तेजिन श्रेष्ठले गरेका थिए । संस्था स्थापनाको छोटो समयमै देश तथा बिदेशमा रहेका पिडितहरूलाई सहयोग गर्दै मोना कुवेतले कुवेतबाट निकै उदाहरणीय कार्यहरू गर्दै आएको छ। अधिबेशन समारोहमा निर्वाचन प्रमुख तिलक भण्डारीले १९ सदस्यीय नयाँ  कार्यसमिति घोषणा गरे ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति प्रेम बहादुर बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नयाँ कार्य समतिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू