Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठरवि लामिछानेको आज हिरासत बसाइ अन्तिम दिन

रवि लामिछानेको आज हिरासत बसाइ अन्तिम दिन

आर डि क्रीएशन/ २५ अगस्ट, कुवेत। पछिल्लो समय विवादले चर्चाको शिखरमा पुगेका पत्रकार रवि लामिछानेको हिरासत बसाइ आज अन्तिम दिन रहेको छ। न्युज 24 मा संगै काम गरेका पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या अगाडी पुडासैनीले आफ्नो मोबाइलमा गरेको भिडियो टेपमा आफुले आत्माहत्या गर्नुको प्रमुख कारण भन्दै रवि लामिछानेको नाम लिएपछि चितवन प्रहरिले रवि लामिछानेलाइ पक्राउ गरेका थिए। पत्रकार रवि लामिछानेसंगै आत्माहत्या गर्न बाध्य बनाएको भन्दै मृतकको भिडियो टेपमा बोलेको भिडियो पाए पछि न्युज 24 कै पत्रकार युवराज कँडेल र मृतककी प्रेमिका भनिएकी रुकु कार्किलाइ पनि प्रहरिले पक्राउ गरेका छन।

५ दिन अनुसन्धानका लागि भनी पक्राउ गरिएका रवि लामिछाने सहित अन्य दुवैलाइ ५ दिनमा अनुसन्धान नसकिएकोले गत २१ अगस्तका दिन ५ दिन थप गरि अनुसन्धान अगाडि बढाउन अदालतले आदेश जारी गरेका थिए। उक्त ५ दिनको आज अन्तिम दिन हो।

रवि लामिछाने निर्दोश हुन भन्ने पक्षमा उनका समर्थकहरुले देशका विभिन्न स्थानहरुमा बिना शर्त रिहा गर्न दवावस्वरुप आन्दोलन गरिरहेका छन। त्यसो त रवि दोषी हुन भन्ने पक्षमा वकालत गर्नेहरुले पनि सामाजिक सन्जालहरुमा अभिव्यक्तिहरु छताछुल्लै पोखिरहेको देखिन्छ भने कतिले त न्याय अन्याय र दोषिलाइ कारवाही गर्ने काम न्यायलयको जो भन्दै पक्ष विपक्षमा नरहि निश्पक्ष छानविन हुनुपर्ने माग राख्नेहरु पनि प्रसस्तै छन।

प्रवासमा रहेका नेपालिहरुले चाहिं यो घटनालाइ कसरी हेरेका छन त? भन्ने बिसयमा कुवेतमा भएको एक विशेष कार्यक्रमको प्राङ्गणमा गरिएको रिपोर्टिङ हेर्नुहोस कसले के भने?
https://youtu.be/NjmG6HvlY60

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments