Skip to main content

Rd Creation

विद्यार्थी नेता जोशी व्यवसायिक गाईपालनमा, भन्छन्- ‘स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन’

आर डि क्रीएशन। विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन् ।

Advertisements

नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन् ।

सात वटा गाईबाट दैनिक १०० लिटर दुध उत्पादन हुने गरेको छ । उत्पादन भएको दुध स्थानीय स्तरमै खपत हुन्छ । दैनिक रुपमा गाईले दिने दुधको ४० प्रतिशत खर्च कटौती गरेर ६० प्रतिशत बचत हुने गरेको सञ्चालक जोशीको भनाई छ ।

सुरुमा ६ लाखबाट सुरु गरेको व्यवसायिक गाईपालन नौ महिनाको हाराहारीमा अहिले राम्रो आम्दानीको स्रोत बनेको छ ।

जोशीका अनुसार, गाईको लागि उपलब्ध घाँस, भुषा, मकैको पिठो, गँहुको चोक्कर दिनमा ३ पटक खुवाउनुपर्छ । यो गाई फार्ममा उनको परीवार नै क्रियाशिल रहेको छ ।

कुनै व्यक्तिले नेपालमा नै ४ वटा गाई पालन गर्न सकेमा बैदेशिक रोजगारमा जानु नपर्ने र नेपालमै आत्मनिर्भर बन्न सकिने उनले अनुभव सुनाए। उनि भन्छन्, स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन, तर राज्यले कृषिमा विशेष पहल लिनु जरुरी छ । दैनिक पन्ध्र सय युवाहरूलाई खाडी पठाउनको साटो उपयुक्त बाताबरण निर्माण गरि ‘’सुखी नेपाली समृद्ध नेपाल’’को नारालाइ साकार पार्न सरकार अघि सर्न पर्यो।

राज्यले किसानमैत्री वातावरण सिर्जना गर्न नसकेको हुँदा कृषकहरुलाई केही समस्या भएको उनले बताए । हाल नेपालमा कृषि गर्नको लागि उपयुक्त वातावरण, ज्ञानशिप, अभिबृद्धि गर्नको लागि राज्य उदासिन देखिएको हुँदा समस्या परेको छ। विचौलियाहरुको कारण पनि समस्या उत्पन्न भइरहेको उनले सुनाए ।

राजनीतिकर्मीहरुले नै कृषि पेसालाई मर्यादित र नमूना बनाउन अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ कृषिमा अघि बढेको उनको भनाइ छ ।

नेपालमा दैनिक रुपमा स्थानिय उत्पादनलाई जोड दिनुपर्छ भन्ने जोशीको उदेश्य देशकै नमूना कृषि फर्म बनाउने रहेको छ ।

को हुन् जोशी ?

टेकराज जोशी डडेलधुराका हुन्। उनले डिल्लीबजारको विजय स्मारक उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षासम्मको अध्ययन पुरा गरे। स्कुल जीवनदेखि नै राजनीति सुरु गरेका जोशी तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको विजय स्मारक सभापति हुँदै काठमाडौं क्षेत्र नम्बर १ को इन्चार्ज समेत भएका थिए।

सहयोगी मनका धनी, स्पष्टवक्ता, हक्की स्वभाव अनि मिलनसार जोशी आफैलाई पढाउने शिक्षक, विद्यार्थी र अविभावकको मन जित्दै आफुले अध्ययन गरेको विद्यालय विजय स्मारक उच्च मा.वि.को ब्यबस्थापन समितिको अध्यक्ष समेत भए । उनले ब्यबस्थापन समितिको अध्यक्षको एक कार्यकाल सफल रुपमा सम्पन्न गरिसकेका छन् ।

अनेरास्ववियुका नेता तथा नेकपा काठमाडौं सुदुरपस्चिम प्रदेश समिति सदस्य समेत रहेका जोशी देशकै नमूना कृषि फर्म बनाउने उदेश्यसहित व्यवसायिक गाईपालनमा लागेका छन् ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.