आर डि क्रीएशन/ २१ अगस्त, कुवेत। नेपाल र कुवेत बिच ५ सेप्टेम्बर दिन बिश्वकम फुटबल क्वालिफाई खेल कुवेतमा हुने भएको छ। २०२२ मा कतारमा हुने बिश्वकप फुटबलको क्वालिफाई खेल कुवेत र नेपाल बिच शेख जाबेर अहमद स्टडियममा सेप्टेम्बर ५ बिहिबारका दिन साँझ ७:४५ बाट हुने भएको छ ।
२३ जना खेलाडि र १३ अफिसियल गरि ३६ जनाको नेपाली टिम १ सेप्टेम्बरका दिन फ्लाई दुबईको जहाज बाट कुवेत आइपुग्ने छन ।
नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै निशुल्क खेल हेर्ने नेपाली दर्शकहरुलाइ सुबिधा मिलाउन कुवेत फुटलबल संघ गैर आवासिय नेपाली संघ, नेपाली दुताबास र नेपाल फुटलब संघ बिच छलफल भई राखेको गैर आवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसिले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।
बिश्वकप छनोटको दोश्रो राउण्ड नेपाल कुवेत, अस्ट्रेलिया, जोर्डान र चाईनिज ताइपे संग खेल्ने छन। कुवेत १९८२ मा बिश्वकप खेलेको टिम हो भने १९८० को एसिया च्याम्पियनम र पटक- पटक गल्फकप जितेको कुवेत राम्रो टिम मानिन्छ । गत सम्पन्न मैत्रीपुर्ण खेलमा समेत नेपालले कुवेतसंग हारेको नतिजा छ।
यसपालिको खेलमा पनि एन आर एन कुवेतले नेपाली फुटबल टिमका लागि सहजकर्ताको रुपमा भुमिका निर्वाह गर्ने छन। ।