23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठसप्तरीमा बस दुर्घटना: तीन जनाको मृत्यु, २२ घाइते RD Creation

सप्तरीमा बस दुर्घटना: तीन जनाको मृत्यु, २२ घाइते RD Creation


काठमाडौँ : सप्तरीको कञ्चनरूप नगरपालिका–१०, बदगामास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार मध्याह्न यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती छन्। गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य दुई मृतक–एक पुरुष र एक महिला–को पहिचान खुल्न बाँकी छ। उनीहरूको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको छ।

- Advertisement -

दुर्घटनामा घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक मेचीनगर–७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments