24.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeखेलकुद१७ औं एम बि बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने

१७ औं एम बि बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने

आर डि क्रीएशन/ १३ फेब्रुअरी, कुवेत। कुवेतको सबै भन्दा पुरानो संस्था माउन्ट स्पोर्टिङ क्लव काठमाडौ-कुवेतद्वारा आगामी मार्च २२ र २९ तारिकका दिन १७ औँ एम बि बम्जन गोल्ड कप को आयोजना हुने भएको छ। कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरिपनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रती भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्ड कप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको हो ।

हिजो मात्र उक्त खेलको अनुमतिका लागि क्लवले कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृट प्राप्त भएको जानकारी गराउदै २ शुक्रबार लगातार खेलाईने यस टुर्नामेण्टमा सहभागी हुन आयोजक क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ । खेल को टाईसिट कहिले र कुन दिन गर्ने वारे खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले छिट्टै जानकारी दिने जनाएका छन।

कार्यक्रम सम्बन्धी थप जानकारी,
आयोजक :माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
कार्यक्रम :१७ औं बमजन गोल्ड कप
स्थान : फाहाहिलको सनैया फुटबल मैदान
मिति :- २२ र २९ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ८:०० बजे

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments