23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठ२०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन

२०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन

राज मल्ल/ ३१ डिसेम्बर, कुवेत। कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन ।

५ जनाको मृत्युवारे अनुसन्धान हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएकाछन ।

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगतमा बर्षहरुमा भन्दा यो बर्ष नेपालीको मृत्यूदर अत्याधिक बढ्दो छ । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात क्रम बढ्दो छ ।

ट्राफिक नियम सम्बनधी प्राप्त ज्ञान नहुदा पनि धेरै सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन । भने भागिरथ चापागाई अझै कोमा मै रहेको छन

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments