Thursday, April 23, 2026
spot_img
HomeEnglish Newsअनेरास्ववियुले भन्यो : शिक्षक आन्दोलनको आडमा विद्यार्थी निजी विद्यालयमा लैजाने षड्यन्त्र हुँदै...

अनेरास्ववियुले भन्यो : शिक्षक आन्दोलनको आडमा विद्यार्थी निजी विद्यालयमा लैजाने षड्यन्त्र हुँदै छ

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न गम्भीर षड्यन्त्र गरिरहेको बताएका छन्।

अध्यक्ष बडालले एक विज्ञप्ति जारी गर्दै स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भएको बताएका हुन्। उनले भनेका छन्, ‘हालको आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन्।’ 

विद्यालय बन्द हुने बित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेको जिकिर गर्दै बडालले शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई आग्रह समेत गरेका छन्।

पछिल्लो ५ वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको दाबी जारी विज्ञप्तिमा गरिएको छ। ‘सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी बाहिरिएका छन्। विद्यालय बन्द हुने बित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

शिक्षा कुनै गुट, संगठन वा सरकारको स्वार्थको खेल नभएको भन्दै अनेरास्ववियुले सरकार, शिक्षक महासङ्घ, र शिक्षा नीति बनाउने सबै सरोकारवालाहरूलाई चेतावनी समेत दिएको छ।

‘शिक्षा कुनै गुट, संगठन वा सरकारको स्वार्थको खेल होइन। यो ५० लाखभन्दा बढी विद्यार्थीको भविष्यसँग जोडिएको जीवनमरणको सवाल हो। शिक्षा जोगाउनु, सुधार्नु र सुदृढ बनाउनु आजको प्रमुख राष्ट्रिय कर्तव्य हो। यसलाई थाति राखेर राजनीति गर्न खोज्ने जो कोही पनि इतिहासले माफ गर्ने छैन। विद्यार्थीको पक्षमा, शिक्षाको पक्षमा, राष्ट्रको भविष्यको पक्षमा अनेरास्ववियु सधैं संघर्षरत हुने छ,’ विज्ञप्तिमाम उल्लेख गरिएको छ।

यस्तै अनेरास्ववियुले अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्न र आफ्ना मागका लागि विद्यार्थीलाई घेराबन्दीमा नपारेर लड्न सुझाव पनि दिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १३:०१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments