Homeगृहपृष्ठआफैँले आफैँमाथि गोली चलाएका आचार्यको मृत्यु

आफैँले आफैँमाथि गोली चलाएका आचार्यको मृत्यु


काठमाडौं : दाङमा एक व्यक्तिले आफैँले आफैँमाथि गोली चलाएका छन्।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ को मोतीपुरका नारायण आचार्यले आफैँले आफैँलाई गोली चलाएका हुन्। उनले आफ्नो घरमै भएको बन्दुकले आफैँमाथि गोली चलाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रवक्ता तथा एसएसपी जनार्दन जीसीले जानकारी दिए।

‘लाइन्सेन्सवाला बन्दुकले घरमै हुँदा आफैँलाई हानेको कुरा आएको छ,’ जीसीले भने, ‘उहाँको निधन भइसकेको छ।’ आचार्यले आफैँमाथि किन गोली चलाए भन्नेबारे खुलेको छैन। कारणबारे बुझ्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments