एपि तोलाङ
पाँचथर– सुनसरीको चतरादेखि पाँचथरको अमरपुर जोड्ने तमोर करिडोर सडक बनेपछि पूर्वी पहाडका बासिन्दालाई तराई र राजधानी पुग्न सजिलो भएको छ । मुलघाटदेखि अमरपुरसम्मको कालोपत्रे गर्ने काम बढेपछि सडकको दृश्य आकर्षक देखिन्छ । तमोर नदिको नजिकै बनेको सडकमा दैनिक बाक्लो गरी गाडी कुद्छन् ।
सडक कालोपत्रे गर्ने काम भने ६५ प्रतिशत पुरा भएको छ । तमोर करिडोर आयोजनाका प्रमुख मनिषमान शाक्यका अनुसार ७५ किलोमिटर सडक कालोपत्रे भएको छ । तमोर करिडोर चतरा–अमरपुर खण्डको १ सय ५८ किलोमिटर मध्ये मुलघाटबाट १ सय १२ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लागेको थियो । कालोपत्रे ठेक्का लगाइएको १ सय १२ किलोमिटर मध्येको पहिलो थोरैमात्र कालोपत्रे गर्न बाँकी छ । दोश्रो खण्डमा भने ढिलाई भएको छ । दोस्रो खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ । तमोर नदिको नजिक रहेको यो सडक कालोपत्रे भएपछि आकर्षक देखिएको छ ।
पूर्वी पहाड धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको ‘लाइफ लाईन’ मनिएको यो सडकमा पर्ने पुलको काममा भने ढिलाई छ ।
हेर्नुस तस्विर । सबै तस्विर – एपि तोलाङ


















