HomeEnglish Newsओडिशा घटना: आरोपित अद्विक श्रीवास्तव पक्राउ

ओडिशा घटना: आरोपित अद्विक श्रीवास्तव पक्राउ

भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीवास्तवकै मानसिक तनाव र दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गर्नुपरेको आशंका गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, प्रकृति लम्सालले आत्महत्या गर्नु अघि मानसिक र शारीरिक यातना सहनुपरेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो क्लिपमा श्रीवास्तवले निरन्तर गालीगलौज गर्दै उनलाई अपमानजनक शब्द प्रयोग गरेर मानसिक रूपमा दबाब दिएको सुन्न सकिन्छ।

श्रीवास्तव पक्राउ पर्नुअघि भाग्न खोजेको पनि खुलेको छ। उनले सामाजिक सञ्जालमा कोलकाताका लागि हवाई टिकट बुक गरेको तस्वीर सार्वजनिक गरेका थिए। प्रहरीले उनलाई ट्रयाक गरी नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८१ १६:४४ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments