Homeगृहपृष्ठकुवेतमा बालुवाले पुरिएर दुइजना नेपालि कामदारको मृत्यु, एक जना सख्त घाइते।

कुवेतमा बालुवाले पुरिएर दुइजना नेपालि कामदारको मृत्यु, एक जना सख्त घाइते।

राम्रो दृष्टि/ ९ सेप्टेम्बर,कुवेत। कुवेतमा बनिरहेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनल २ कार्यरत दुई जना नेपालीकामदारहरुको मृत्यु भएको छ। हिजो ८ सेप्टेम्बरका दिन रोजगारिको क्रममा कुवेत आइ कुवेतको निर्माणाधीन अन्तराष्ट्रीय विमानस्थल टर्मिनल २ को करिव ६ मिटर गहिरो खाल्डोमा भुमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा पुरिएर उनिहरुको निधन भएको कुवेतका स्थानिया सञ्चार माध्यमहरुले समाचार छापेको छ। मृत्यु हुनेमा गोलधाप-१ झापाका राहदानी नं ०८९४४२७२ वाहक यम बहादुर कटुवाल र चकचकी-६ झापाका राहदानी नं ०९३१२२८१ वाहक सुकलाल राजवंशी रहेको खुलेको छ। नेपाली राजदूतावास कुवेतले समवेदना सन्देश जारी गर्दै उनिहरुको घटनास्थलमै मृत्यु बताएको छ।

घटनामा तीन जना पुरिएको थियो। तर एक जनालाइ कुवेतको फायर फाइटर र कुवेत पुलिसले उद्दार गरेको छन। उद्दार हुने मिझिङ-८ धनमुढा, रोल्पा निवासी सर्वजित महरा रहेका छन। उनी अहिले उपचार गराइरहेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments