HomeEnglish Newsकेआईआईटी घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले भन्यो : अध्ययन पूरा नगरी फर्किएका विद्यार्थी पढाउँछौँ

केआईआईटी घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले भन्यो : अध्ययन पूरा नगरी फर्किएका विद्यार्थी पढाउँछौँ

पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने बताएको छ। भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो बताएको हो।

विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी सूचनामार्फत दिएको छ। पूर्वाञ्चल विश्वविद्यालयले त्यस्ता विद्यार्थीहरूका लागि क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ।

हालै भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको थियो। त्यसपछि नेपाली विद्यार्थीहरूलाई त्यहाँको विश्वविद्यालय प्रशासनले जबरजस्ती निकालेको थियो।

उक्त प्रकरणपछि सो विश्वविद्यालयमा पढ्न गएका धेरै नेपाली विद्यार्थीहरू पूर्वी नेपालका विभिन्न नाका हुँदै नेपाल फर्किएका छन्।

प्रकाशित: १० फाल्गुन २०८१ ०९:४६ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments